Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कुवेतको अहिलेसम्मकै ठूलो रक्सी उद्योगमा छापा, भारतीयसँग लिभिङ टुगेदरमा बसेकी नेपाली महिला पक्राउ

   
553   पटक पढिएको

कुवेत। कुवेतको हवाली प्रहरी सुरक्षाकर्मीहरूले जावरिया भन्ने ठाउँमा नेपालीहरु समेतको संलग्नतामा संचालित अहिले सम्मकै ठूलो घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ।

त्यहाँबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने दुई महिला सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेहरु श्रीमान-श्रीमतिको सम्बन्धमा रहेका र उनीहरु नेपाली र भारतिय नागरिक रहेका बताईएको भए पनि उनीहरुको पूर्ण बिबरण भने खुलाईएको छैन।

कुवेतको अनलाइन समाचार अरब टाइम्समा सेप्टेम्बर ०७,२०२० का दिन प्रकाशित समाचारका अनुसार छापा मारिएको मध्ये अहिले सम्मकै ठूलो मदिरा उत्पादन केन्द्रबाट १७० वटा ठुला ड्रमहरु(ब्यारेल)मा मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ राखिएको भेटिएको छ।साथै यो कच्चा पदार्थहरुबाट दश हजार भन्दा बढी बोटल घरेलु मदिरा उत्पादन गर्न सकिने बताईएको छ।

समाचारका अनुसार घरेलु मदिराको गन्ध आउन सक्ने हुँदा कुवेतको जावरिया स्थित दुई वटा घरहरु(भिल्ला) पूर्ण रुपमा भाडामा लिएर उक्त मदिरा उत्पादन केन्द्र चलाईएको थियो। साथै धेरै कारहरुको आबत-जावत भईरहने र पानीका कार्टुनहरु लाने-ल्याउने गरिरहने गरेको उजुरीको आधारमा उक्त स्थानमा छापा मारिएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन

न्युयोर्क। कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन