Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सडक दुर्घटनामा परी इजरायलमा एक नेपाली चेली गम्भिर घाइते: इखिलोप हस्पिटलमा उपचार हुँदै

   
266   पटक पढिएको
                                                                                                                                                          फाईल तस्विर

कृष्ण भण्डारी,तेलअभिव। यो परदेशमा कसैलाई केही नहोस् भन्ने सधैं कामना गरी रहन्छौ तर पनि बिभिन्न समयमा दु:खद घटना घटिरहन्छन त्यस्तै इजरायलमा फेरी एउटा दुखद सडक दुर्घटना घटेको छ समाचार प्राप्त भएको छ ।

करिव ११ बर्ष देखि इजरायललाई आफ्नो कर्मा भुमी बनाउदै आउनु भएकी अंशु मााया गोपाली नाम गरेकी नेपाल चेली ८ सेप्टेम्वर राती इभनगिभिरोलमा जेब्रा क्रसिङमा सडक पार गर्ने क्रममा मसाइत (ट्रक) को ठक्करबाट गम्भिर घाइते हुनु भएको छ । ठक्करबाट घाइते अंशुमायालाई काठमाण्डौ गंगवु स्थायी घर भई हाल उहाँ तेल अभिवको इखिलोभ अस्पतालमा उचराररत रहेको उहाँको नजिक काम गर्ने कोमल दाहाल नाम गरेकी नेपाली चेलीले जानकारी गराउनु भएको छ । उहाँका अनुसार बिरामीको अवस्था हिजोको भन्दा आज अवस्था झनै गम्भिर भएको र टाउको र छातीमा गहिरो चोट लगेको छ ।

बिरामीको स्थिती नाजुक हुँदै गइरहेको जानकारी हुन आएकोले उनको स्वास्थ्य लाभको कामना गर्दै हामी इजरायलमा रहेका सम्पूर्ण संघ सस्थाहरु यस्तो दुख्द परिस्थितीमा आफुले गर्न सक्ने सहयोगको लागि अपिल गर्दै तत्कालै एक जना मान्छे पनि चाहिएको जानकारी गराउदछौं ।
तेल अभिल नजिक काम गर्ने कोही हुनुहुन्छ भने र समय मिल्छ भने एक पटक समय मिलाएर उहाँलाइ भेटेर आफ्नोपनको महसुस गराइ हिम्मत बढाइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछौं ।

सहयोगका लागि हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ । ०५४६८७१२५८ कृष्ण भण्डारी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन

न्युयोर्क। कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन