Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कुवेतमा मदिरा उद्योग खोलेर गैरकानुनी काम गर्दै आएका ८ जना नेपाली महाबुल्लाहबाट पक्राउ

   
265   पटक पढिएको

कुवेत। कुवेतमा उत्पादन केन्द्र नै खोलेर घरेलु मदिरा बिक्रिवितरण गर्ने ८ नेपाली पक्राउ परेका छन् । उत्पादन केन्द्र संचालन गर्ने ती नेपालीलाई कुवेत प्रहरीले महाबुल्ला क्षेत्रबाट पक्राउ गरेको कुरा कुवेतको अनलाइन पत्रिका अरब टाइम्सले समाचारमा उल्लेख गरेको छ।

नेपालीहरु मिलेर तीन वटा अपार्टमेन्ट भाडामा लिएर अवैधानिक काम गरिरहेको सूचनाका आधारमा प्रहरीले त्यस स्थानमा छापा मारेको थियो ।पक्राउ पर्नेहरुको परिचय भने खुलाइएको छैन । उनीहरुलाई कानुनी प्रकृयाको लागि सम्बन्धित निकायमा पठाईएको अरब टाइम्सले जनाएको छ ।पक्राउ परेकालाई कानुनी प्रकृया पुरा गरेर देश निकाला गरिने बताइएको छ ।

उक्त घरेलु मदिरा उत्पादन केन्द्रबाट मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ, दर्जनौ ब्यारेल (ड्रमहरु), केही उपकरण र तयारी अबस्थामा रहेको मदिरा समेत जफत गरिएको छ ।

कुवेतमा दिनानुदिन सार्वजनिक हुँदै गएका गैरकानुनी, अबैध धन्दा र नराम्रो गतिविधिले नेपाल र समग्र नेपालीको शिर झुकाउने मात्र होइन नेपाली कामदार प्रतिको विश्वस्नियता र इज्जतमा समेत जांच आएको भन्दै त्यहाँका सामाजिक संघ-संस्था तथा व्यक्तिहरुले दुख व्यक्त गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया