Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

चर्चित लोकदोहोरी गायिका सन्ध्या बुढा (काउली बुढी)र गायक गोबिन्द पौडेलको आवजमा रहेको साथै अर्घाखाँचीका मोडेल श्री कृष्ण घर्ति मिरेको अभिनयमा रहेको दशैं गित "आमा तिम्रो न्यानो काख' सार्वजनिक

   
303   पटक पढिएको

कमला थापा ,अर्घाखाँची।
भदै ३१ ,अर्घाखाँचीबुलेटिन -चर्चित लोकदोहोरी गायिका सन्ध्या बुढा (काउली बुढी)र गायक गोबिन्द पौडेलको अत्यन्तै मार्मिक दशैं गित "आमा तिम्रो न्यानो काख' गीति एल्बम भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ।

प्रदेशी छोराको कथामा आधारित रहेको यस म्युजिक भिडियोमा गायक गोबिन्द पौडेल शब्द र हरि पाण्डेको लय रहेको छ । यस गीतमा संगीत संयोजक बिनोद बाजुरालीको रहेको छ भने ध्वनि मिश्रण खडक बाजुराली ,रेकर्डिष्ट बिमाल छिनाल ,राजेन्द्र बाजुरालीको रहेको छ।

यस म्युजिक भिडियोको निर्देशन गायक स्वयं गोबिन्द पौडेलले गरेका छन् भने छायांकनमा अमित गजवानी र भिडियो सम्पादन लुमिनोस पोष्टवर्कले गरेका छन्।

गीतको कथा अर्घाखाँची जिल्लाको मालारानीका मोडेल श्री कृष्ण घर्ति मिरेले भरेका छन् भने गीतमा अभिनय पनि घर्ति र मोडेल सरु केसीको रहेको छ।
यस म्युजिक भिडियोको छायांकन भारतको राजधानी दिल्लीमा गरिएको हो। भिडियोको उत्पादक वितरक हिम सम्झौता म्युजिक प्रालिले गरेको छ।

हेर्नुहोस भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया