Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

यस कारण हुनुहुँदैन कुलमान सरको पुनर्नियुक्ति : डा.मेगराज गौतम

   
243   पटक पढिएको

डा.मेगराज गौतम,पाणिनी।
असोज १ ,अर्घाखाँचीबुलेटिन -हावा नचली पात हल्लिएछ,सामाजिक संजालभरि बधाई र शुभकामनाको ओइरो ।उज्यालो नेपालका नायक भन्दै धेरैले उनलाई बधाईका साथ स्वागत गरिरहे केही बेरमा हावा चल्यो कुलमान सरको नियुक्तिका बारेमा त सरकार नै अनभिज्ञ रहेछ ।बधाई भन्ने हरूलाई २४ सै घण्टा बिजुलीको सहज आपूर्तिले कति हानी पुर्याइरहेको छ भन्ने हेक्का रहेको देखिएन ।निम्नाङ्कित कारणसहित कुलमान सरको नियुक्ति बिजुलीमा पुन: नगर्न म सरकारसँग जोडदार माग गर्दछु ।

१) २४ सै घण्टा बिजुलीको सहज आपूर्तिली इन्भर्टरजस्ता बिजुलीको काम गर्ने भाँडा व्यवसायीको करोडौं डुबेको छ भने ती सामग्री आयात गर्दा प्राप्त हुने ठूलो आम्दानी सरकारले गुमाएको छ।

२) विद्युत्को उत्पादन वृद्धि गर्दै खपत बढाउने रणनीतिमा लागेका व्यक्तिलाई नियुक्त गर्दा भोलि बिजुलीबाट चल्ने सवारी साधन र उद्योगहरू थपिँदै जाने निश्चित छ ,यसबाट इन्धन आयातमा कटौती हुन गई आयात करवापत अर्बौं रुपियाँ सरकारले गुमाउनुपर्नेछ।

३) बिजुलीको निरन्तर आपूर्तिले ईन्टरनेटको प्रयोग पनि व्यापक हुनेछ ,सरकारका कामकारबाहीका बारेमा धेरै गुनासाको व्यापक प्रचारप्रसार हुनेछ , यसले पनि सरकारी काममा अवरोध सिर्जना गर्न सक्दछ।

४) बिजुलीको सुलभताले ऊर्जाशील ठुलो युवाजनशक्ति ल्यापटप र मोबाइलमा घोप्टो परिरहेका छ्न् यसले राष्ट्रिय उत्पादनमा धेरै क्षति पुर्याउनुका साथै धेरै युवाहरू कुप्रे हुने सम्भावना पनि उत्तिकै देखिँदै छ ।

५)बिजुलीको खाँचो टार्ने मैनबत्तीका हजारौं उद्योगीहरू अहिले बेरोजगार बनेका छन्।

६) नेपालको पानी जनताको लगानी भन्ने नाराका साथ बिजुलीको उत्पादनमा व्यापक वृद्धि गर्ने सरकारी उद्देश्य पनि पुरा नहुने संकेत देखिँदै छ ।अहिले बिजुलीका आयोजनामा लगानी गर्नेहरूको अर्बौं डुबेको छ, लगानीकर्ता हतोत्साहित देखिन्छन् ,आखिर अंध्याराको समस्या समाधान भैसकेपछी थप बिजुली किन चाहियो र ?भन्ने मनोविज्ञान विकसित हुँदै छ ।उज्यालोको महत्त्व त अँध्यारो छ र त भएको हो नि!जुन वस्तुको अभाव हुन्छ उसैको महत्त्व बढी हुने त हो नि !लोडसेडिङ ताका १०० रुपियाँ लगानी गर्नेहरू २७/२८ सयका मालिक भएका थिए तर अहिले लगानीको आधा डुबेको अवस्था छ धेरै आयोजनाका लगानीकर्ताको ,यसैले पनि निर्माणाधीन आयोजना सम्पन्न नहुँदा सम्मा लोडसेडिङ आवश्यक देखिएको छ।

प्रकृतिको नियम विपरीत अँध्यारोलाई उज्यालो बनाउने होइन अँध्यारोलाई अँध्यारो नै रहन दिने व्यक्तिको नियुक्ति होस् बिजुली हाकिममा ।जय होस् !

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया