Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

आत्माहत्या! लघुकथा: सुरेशकुमार पान्डे

   
188   पटक पढिएको

कोरोना संसार भरी प्रवेश सँगै झण्डै नौ लाख पचास हजार एक सए पचास जति मरि सकेछन।नेपालमै पनि त पुग नपुग चार सए जति मरे भन्छन त!हो धने?हो बा त्यो ता अदिश्य रोग बाट मरे यँहा ता दिनौ आत्मा हत्या पो गर्न थालेछन नी।धनेले निदार खुम्चाउँदै बुढो माझिलाई सुनाउँछ।हो धेरै ले आत्म हत्या पनि गरेकै छन!पेटिमा बसेको बुढा माझिले धनेको कुरालाई समर्थन गर्दै भन्छन।बुढा घर मूलि हुँन धने उनैको छोरा आगनमा बसेको छ त्यँहा अरु केटा केटी पनि खेलेका थिए।सबै हिँजो आज खालि छन काम लाक डाउँनका कारण बन्दछ।पछिल्लो एक महिना देखि कतै काम धन्दा छैन घरमा अनिकाल जस्तै अबस्था छ।
कामै नपाएका माझि परिवार दुखि छन घरमा खाने खर्च सकिएकोछ।फेरी लाक डाउँन लगाएपछि त झनै समस्या थपिएकोछ।

अड्कलेर जिवन धान्नु पर्ने बाध्याता आईपरेको थियो।बुढा माझि परिवारको मूली भयको नाताले दुखःसुखका कथा सुनाएर भाईर पेटीमा बसेकाथिए अरु साना ठुला सबैले उन्का बिचार सुनेर मन बुझाएका थिए।भारतमा पनि नेपालीहरुले धमा धम आत्म हत्या गरेकाछन हिँजो आज समाचारमा आई राखेकोछ!धनेले बाउलाई सुनाउँछ।उपनि कुनै बेला लाहुरे थियो त्यसैले होला उस्लाई भारत स्थित नेपालीहरुको चिन्ता छ।होर?धने भारतमा अँझै पनि कोरोना रोगी भेट्टिन्छन र?बुढाले आश्चार्य प्रकट गर्छन।किन न भेट्टिने बाबा त्यँहा त अहिले साढे तिर्पन्न लाख रोगि पुगि सके तो अनि पचासि हजार जति लग भग मरि सकेका छन!धनेले दुखः ब्याक्त गर्दै भन्छ।त्याँहा मूल प्रवाह एकता समाज न भयको भए लासको सोत्रो हुँने थियो धन्न भोकले मर्न दिएका छैनन संगठनका साथिहरुले!धनेले कुरा थप्छ।तर आत्म हत्या गर्ने हरु बिचारा मज्दुरी छुटेपछी के खाएर बाँचुन तो बाबु!भन्दै बुढाले ब्याँग्य कस्छन।हो त्यँहा अरु पनि सामाजिक सँग स्थाहरुले सहयोग गरेकाछन नी बा!धनेले भन्छ।

ए धने जातो भित्र तेरी स्वास्नी तेरो आमा सँग किन कराएकिछ बुझ!बुढाले छोरालाई भन्छ उस्का कुरा नसुनेको झैँ गर्दै।धने उठेर भित्र जान्छ र आफ्नो स्वास्नीलाई ए बुढी नकरा धेरै चुप्प लाग !भन्दै पुनः भाईर आगनमा फर्किन्छ।केही हैन बा के पकाउँने भन्दै सल्हा गरेको पो!धनेले बुढालाई भन्छ।होर ?सल्हापनि कति चिच्याउँदै गर्छन,अनि सदै खाना पकाउँने बेला!घरमा जेछ त्यहि पकाउँन भनिश?हजूर बा भने मकै भुट्टन भन्दै आगनमा बस्छ।अब मार्छस आफ्नो बा लाई!भन्दै बुढो माझि खिसिक्क हाँस्छ जस्का एउटा पनि दाँत सग्ला थिएनन।

धने कि स्वास्नी गर्वबती छे उस्लाई अच्काली भात खाने मन थियो।तर घरमा चामलको कमि ले गर्दा बुढी सासुले भने रोटी पका भन्दै कराउँदै थिन।करीब मैना दिनबाट सदै खाना पकाउँने बेला साशु र बुहारीको बिच टाक्रे टोक्रे हुँन्थ्यो।आज पनि अलि बढीनै भयको थियो।घरमा बुढा माझि र धनेले पनि यस बिषयमा खासै ध्यायन पुराएनन।सामन्या कुरा सम्झेर वास्ता गरेका थिएनन।तर धनेकी स्वास्नी दुई जिउकी थि उस्लाई खानस लागेको कुरा बुढीले बिरोध गर्दा उस्लाई दिमाखमै टेन्शन हुँन गयो।उस्लाई आज पेट भरी भात खानस लागेको रैछ तर साशुले रोटी पका भन्दा उस्लाई धेरै पिर परेको थियो।कम्तिमा महिँलाको समस्या महिँलाले ता बुझ्नु पर्नेहो! सासुलेपनि नबुझ्ने चामल घरमा भएरपनि भात खान नदिदा धनेकी स्वास्निलाई गहिरो झट्का लागेछ।

अलि बेर पछि भित्र बाट मकै भुटेर भाईर आगनमा ल्याई दिन्छे सबै आगनमा बसेर मकै खान थाल्छन।बुढा माझिले पनि फुला फुला छानेर आफ्नो कटौरामा राख्न थाल्छ आखिर ज्यान धान्यै पय्रो भन्दै गफ गर्दै खान थाले धेरै बेर सम्म बुहारी बाहिर न आए पछि एता उता हेर्दै ए धने तेरी स्वस्नी कता गई?भन्दै धने तिर हेर्छन।खै भित्र भात पकाउँन ता थालिन बुढी जुरुक्कै उठेर हेर्न भित्र जाँदा बुहारी त पासो हालेर झुण्डेकी देखि चिच्चाउँदै कराउँदै भाईर आई सबै भित्र पुगे उ मरी सकेकी थि।धनेकी स्वास्नीले भर पेट भात खान नपाएर आत्म हत्या गर्न पुग्छे।यति स्यानो बिषयमा पनि मानिसले यसरी आत्महत्या गर्दा पत्यारलाग्दो हुँन्न तर केनै गर्न सकिन्थ्यो।

लास पुलिसले कब्जामा लिन्छ पोष्टमार्टम हुँन्छ पाँच मैनाको पेटमा बच्चा थियो अनि स्यानी दुई बर्षकी छोरी बिचारी अनाथ गराएर धनेकी स्वास्नीले जिवन लिला समाप्त गरिन।खै आत्म हत्या गर्न कति ठुलो कुरा चाहिँदो रैछर बुढाले भन्छन!उन्को आँखा रसाएका थिए।

(कथा काल्पनिक हो यस्का पात्र र नामहरु सबै काल्पनिक हुँन।कसै सँग मेल खायो भने मात्र सञ्जोग हुँनेछ।)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया