Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

म आउने पैसाले साहुको ऋण तिरौला भनेर गीत गाउँदा सबैका आँखा रसाए (भिडियो सहित )

   
269   पटक पढिएको

माधव पौडेल,पाणिनी।
असोज ४,अर्घाखाँची - नेपाली गीत संगीतको क्षेत्रमा दिनानुदिन विभिन्न किसिमका गीतहरु सार्वजनिक भैरहेका छ।

त्यसमध्ये कुनै गीत चर्चा हिसाब राम्रै चलेका छन् भने कुनै गीत ठिकै छन् ।त्यसैमध्यको एउटा सबैको मन जित्ने ए बाबा बोलको गीत आज सार्वजनिक भएको छ।गरिबीको कारण नेपालीहरु प्रदेशिन बाध्य छन् ।यस गीतमा सोही बाध्यात्मक अवस्थालाई जस्ताको तस्तै चित्रण गरिएको छ।

कृष्ण लामिछाने र धर्मराज न्यौपानेले आवाज दिएको यस गीतको लय शब्द सिर्जना प्रकाश क्षेत्रीले गरेका छन् ।त्यसैगरी प्रकाश क्षेत्रीकै निर्देशनमा तयार भएको यस गीतमा प्रकाश क्षेत्री, रामचन्द्र अधिकारी र हिमानजलीले सशक्त अभिनय गरेको देख्न पाइन्छ ।

सर्व सम्मान म्युजिकको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको यो गीतको रेकर्ड मंगलम रेकर्डिङ्ग स्टुडियोमा भएको हो।

पूरा भिडियो हेर्नुहोस्

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया