Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

एनआरएनए-एनसिसी इजरायलले विशेषज्ञ मनोचिकित्सकको सहभागितामा आज स्वास्थ्य परामर्श कार्यक्रमको आयोजना गर्ने

   
192   पटक पढिएको

तेलअभिव। कोभिड १९ को महामारीले विश्व जगत नै आक्रान्त वनाइरहेको र इजरायलमा जारी लक डाउनका कारण घरमा थुनिएर बस्न वाध्य नेपालीहरुमा कोरोनाको कहर र यसबाट सृजित मानसिक तनाव र त्‍यसको उचित व्यवस्थापनको अपरिहार्यतालाई मध्यनजर गर्दै एनआरएनए एनसिसी इजरायलले मनोचित्सक डाक्टर मधुर वस्नेतलाई आमन्त्रण गरी जुम भर्चुअल अनलाइन मार्फत Mental Health Awareness मनोस्वास्थ्य परामर्श कार्यक्रमको आयोजना गर्न लागेको एनआरएनए-एनसिसी इजरायलका प्रवक्ता भोजराज क्षेत्रीले जानकारी दिनुभयो ।

 २६ सेप्टेम्वर आज  शनिवार इजरायली समयानुसार दिनको ठिक साढे १२ बजे र नेपाली समय अनुसार करिव पौने चार बजेबाट शुरु हुने उक्त कार्यक्रममा वि. पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक तथा एसोसिएट प्रोफेसर डाक्टर मधुर बस्नेतले अहिलेको परिस्थिती र यसबाट सृजित विभिन्न मानसिक समस्याहरु, बच्ने उपाय, तनाव र त्यसको व्यवस्थापनकोलागि उपयुक्त स्वास्थ्य परामर्श दिने लगायतका सेवाहरु सहितको कार्यक्रम तय गरिएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

पछिल्लो समयमा अनलाईन मार्फत कार्यक्रमहरु गर्नुपर्ने वाध्यात्मक परिस्थितीमा अत्याधिक प्रयोगमा आइरहेको जुम एप्लिकेसन मार्फत आयोजना गर्न लागिएको यस कार्यक्रममा हरेक नेपाली तथा नेपालीभाषीहरुले सहभागिता जनाउन सक्ने बताइएको छ । जुम आइडी 2019081020 मार्फत कार्यक्रममा सहभागिता जनाउन सकिने बताउदै इजरायलमा क्रियाशिल सम्पूर्ण संघ संस्था, मिडियाकर्मी, समाजसेवी लगायत सम्पूर्ण नेपालीहरुलाई सहभागिताको लागि हार्दिक आमन्त्रण गरिएको छ ।

आयोजकले सम्पूर्ण इजरायलहबासी नेपालीहरुलाई इजरायलको तनावपूर्ण रोजगारी र जारी कोरोना महामारीका कारण मानसिक रुपमा कमजोर महसुस गरिरहनुभएका र समस्या महसुस गरी आयोजकलाई सम्पर्क गर्न नसक्ने अवस्थामा कोही वरपरका साथीहरु विरामी परेको महसुस गर्नुभएको भए चिकित्सकसँग विशेष सल्लाह लिनकोलागि आयोजकलाई अग्रिम जानकारी गराई नाम टिपाउन सक्ने व्यवस्था गरिएको आयोजकले बताएका छन् त्यसरी सम्पर्कमा आउनुहुने विरामीहरुकोलागि विशेष प्रार्थमिकता दिइने पनि आयोजकले बताएका छन् ।

एनआरएनए एनसिसी इजरायलको गत १७ अगस्त सोमबारको संस्थाको नियनित तेह्रौं बैठकले विश्व महामारीको अवस्थामा त्यसै पनि तनावपूर्ण काम गरी बसिरहनुभएका इजरायलवासी नेपालीहरुमा कोरोनाका कारण झनै दोहोरो तनाव झेल्दा मानसिक रुपमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै यहाँ रहेका नेपालीहरुको सुझाव बमोजिम मानसिक स्वास्थ्य परामर्श दिलाउने गरी संस्थाका महासचिव श्री कृष्ण भण्डारीको संयोजकत्वमा कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया