Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

साथीलाई आव्हान : लक्ष्मी पाण्डे

   
328   पटक पढिएको

अर्घाखाँची ,असोज १७।

उदासिनता नैराश्यताका कुरा मात्र गरौँ किन
दिन तिम्रो ढल्कदैछन् बालापन झैँ गर्छौं किन
समय अनि बगेको छाल ,फर्कदैंन जाँदा पनि सुत्ने खाने ,डुल्ने गरी बिताउछौँ जिन्दगानी ''

धिकार्दै छौ आफैलाइ दोष दिन्छौं जन्मदातालाई
बाटो आफै खन्नु पर्छ हैन कुनै कसैलाई
सिक शिक्षा उता हेर डालीको त्यो चरीलाई
आत्मनिर्भर बन हैत ,आव्हान छ साथीलाई

हस्तरेखा हेरी बस्छौं,दिवा सपना देख्छौं किन
एकै चोटी माथि पुग्छौं जग खान् भुल्छौँ किन
मौनबत्ति सुर्यगगन हेर बहने हावालाइ
सिक शिक्षा तिनै बाट आव्हान छ साथीलाई

शिर निहुराएर भुमि हेर दु:ख पाएका जीव देख्छौं
गरिबीको छाप्रोमा जाउ दु:ख केहो दु:ख देख्छौं
असम्भव केहि छैन खिआउ दश नंग्रा पाउँलाइ
लगनशीलता बन हैत आव्हान छ साथीलाई !!

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन

न्युयोर्क। कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन