Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

निर्दोश! लघुकथा: सुरेशकुमार पान्डे

   
363   पटक पढिएको

कसरी पाल्यौ?केहि काम थियो की?रघुरामले टोपलीलाई आगनमा आएको देखेर सोध्छन।काम ता थियो सानु हजूरलाई दुखःदिन आएँ!टोपलीले ठट्टा गर्याझैँ गरेर भन्छिन।के काम छ र त्यस्तो?रुघुरामले सोध्छन।छोरा लाई लाहुर पठाउँ की भनेर सल्हा गर्न आएकी हुँ! टोपलीले अलि सिरियस हुँदै भन्छिन।यो दँशै तिहारको बेलामा किन पठाउँन पय्रो त आर्काको देशमा?भन्दै रघुराम टोपलिको नजिकै पेटिमा आएर बस्छ।केको दँशै गरीबलाई त दशानै हो मेला पर्व,घर खर्च छैन टुहुरा टुहिरीलाई कसरी पाल्ने!भन्दै टोपलिले रघुराम सँग भन्छिन।

रघुरामले टोपलिलाई पैताला बाट टाउका सम्मनी खुबै नियाल्छ र ठट्टा गरे झैँ गर्दै के चाहियो तिमिलाई मछुँ नी चिन्ता नगरे!आखिर साथिको स्वास्निको काम नआएर कस्को काम आउँला म!भन्छ।टोपली को लोग्ने परार साल बितेको थियो एउटा छोरा र दुईभैनी छोरी तरुनी स्वास्नि छाडेर अल्पयुमै उस्को दिहान्त भयो।टोपलीको परीवार पाल्न सक्ने पाटो थिएन र उ निमेक गर्थि।देख्दा अति शुन्दर पटीला स्याउ जस्ता राता गाला हँस मुख र फुर्तिली थिई।गहुँ गोरो रंग मज्बुत ज्यान कि धनी थि टोपली।

कयौले उस्को लोग्ने मरेपछि बिहे गर तेरा बाल बच्चाको हेरदेख हामि गर्छौ!भन्ने पनि न भेटाएकी होईनन।तर टोपलीले आफ्ना जमल्या छोरीहरु र एउठा छोरा लाई आफ्नो प्राण भन्दा बढि मायाँ गर्थिन।आफुले जन तन निमेक गरेर उनिहरुलाई नजिकैको सरकारी स्कुलमा भर्ना गरेकी थिईन।छोराले अब पाँच क्लासमा पढ्दै थियो।घर खर्च चलाउँन गारो भयेपछि मनले नमान्दा नमान्दै पनि पठाउँन परेको थियो।दिन दिनै ठुला घरेले पैसा माग्न आउँथ्यो त्यो पाँच हजार रुपियाँ तिर्न सक्ने टोपलिको कुनै हैसियत थिएन।ठुला घरेको नियत पनि उस्तै देखेपछि जसरी तसरी रकम तिर्नपाए हुँन्थ्यो भन्ने सोँचेकी थिईन।हुँन ता लोग्ने मरेपछि तेरो लोग्नेले लगेको भनेर मागेको थियो अब लोग्ने पनि थिएन।तर टोपलीले किन लोग्नेलाई पैसा खाएर मय्रो भन्ने पार्ने भन्दै हौश हजूर मैले तिर्ने छुँ भनी।त्यस पछि मैनै पिछे माग्न आईनै रहन्थ्यो।

रघुरामको कोखे नजरको हेराई बाट टोपलीले उस्ले चाहेको पनि बुझिहाली।हौश हजूर यँहा बाट केही बाबुलाई रीण किराया सहयोग हुँन्थ्यो की भन्ने सोँचेर आएकी हुँ हुँनत तर..!तर के?हुँन्छनी तिम्रो छोरार मेरो छोरामा के फरक छ भाउजु भनन?रघुरामले अलि सिरियस भयझैँ गरेर भन्छ।कति चाहियो पैसा ?उस्ले कोटको गोजामा हात हाल्दै सोध्छ।यहि पाँच सए जति भए पुगिहाल्छ! तर बाबु मैले केटाले कमाएर पठाउँदा दिन बल्ल दिनेछुँ है बिचमा नमाग्नुहोला!टोपलीले भन्छे।

रुघुराम ले हौश ठिकैछ भाउजु जैले होला दिउली लईजाउ।भनेर पाँच सए रुपियाँ निकालेर टोपलीको हातमा थमाई दिन्छ।उसले टोपलीको दया आएर होईन टोपलीको शुन्दर रुप मा मोहित भएर रुपियाँ दिएको हुँन्छ।

भोली पल्ट टोपलीले छोरा दिपकलाई बिहानै छिमेकि डम्मरे सँग लाहुर पठाई दिन्छे त्यो भरखरको बच्चा चौध बर्षको लाई डम्मरेको हवाला गराउँदा टोपली धुरु धुरु रोईकि थिईन।जाउ छोरा घर सम्झेर पैसा कमाएँ घरमा पत्र पठाए समय समयमा भन्दै छोरालाई अँगालोमा बेर्दै आँखाको बलेनी खसाएकि थिईन।
डम्मरेले दिल्लिको छाउँनेको एउटा कोठामा केहि महिँलाहरुको खाना पकाउँने काम गर्दथ्यो सो दिपकलाई पनि त्यँहि लिएर आयो र एउटा दलालको बच्चा खेलाउँने दिनको पाँच रुपियाको हिसाबले काम मा लगायो।दिपकलाई त्योँ ठाउँको बारेमा बुझ्न अलि समय लाग्यो।

आखिर के गर्छन यँहा भन्दै डम्मरे सँग सोध्थ्यो डम्मरेले ईनि महिँलाहरु ले नाच्ने गाउँने गर्छन भनेर बताउँथ्यो।हुँन पनि साँझ पख त्यहाँ गाउँने र नाच्ने गर्दै अबेरा सम्म त्यँहा महेफिल जम्थ्यो।दिपकले हिन्दिमा बोल्न आउँदैन थ्यो केहि केहि बुज्थ्यो।केहि मैन यस्तै बित्यो।पैसा पनि दिन दिनै पाँच रुपियाँ उस्को मालिकले दिन्थ्यो। काम एउटा पच्चालाई साँझ पख तल सडकमा घुमाउँनु पर्थ्यो।

एकदिन त्यँहा पुलिसले छापा मार्छ र डम्मरेहरुलाई पनि छोपेर लगछ।त्यँहा भयका नेपाली चेलीहरुपनि छोपेर पुलिसले लैजान्छ।दिपकलाई यो के भयो भन्ने बारे जानकारीनै हुँदैन।उस्को मालिकलाई पनि पुलिसले छोपेर लैजान्छ।अब कता जाने त्यो बच्चाको आमाँ पनि कुन हो जानकारी छैन कैले कसैले कैले कसैले गरेर उचाल्थे र सबैले हाम्रो बच्चा भन्थे आखिर कुन हो त्यसको आमा त्यो भने दिपक लाई थाहा हुँन सकेन।

अब कता जाँने आफुले कसैलाई चिनेको पनिछैन जस्को भरमा आएको उस्लाई पुलिसले जेलमा लग्यो।उस्ले त्यो बच्चालाई खेलाई रहन्छ र तिनै महिँलाहरुलाई दिन्छ।तर दिपकलाई तलब कसैले दिएनन।

बिहान बाट साँझ सम्म कमा गराउँछन तलब कसैले दि्दैनन। बाबु तिम्रो घर काँ पर्छ?एउटी महिँलाले सोध्छे।उ अच्मै पर्छ आखिर यत्रो मैना सम्म त्यो नेपाली नबोलेकि आज कसरी बोल्दैछे!उस्लाई आश्चार्या लाग्छ।हजूर मेरोघर नेपालहो होजूरको काँहो ?उस्लेपनि सोध्छ।मेरो ता यतै आसाम तिर हो भन्दै उस्ले भन्छे।दिदी डम्मरे दाई लाई पुलिसले किन लग्यो?दिपकले सोध्छ।

उनिर्दोश थिये त्यहि भयर लग्यो।उस्ले राम्रोकाम गर्थ्यो यँहा जबर्जस्ति ल्याईएका महिँलाहरुलाई निक्लिनमदत् गर्दथ्यो।डम्मरेले मलाई पनि निकाल्ने योजना बनाउँदै थ्यो तर पहिलेई उस्लाई पनि छोपेर लगे!उस्कोआँखा टिल मिल टिलमिल गर्दै आँसुका ढिका खस्छन।तपाँई हरु यँहा कसरी आउँनु भयो?त दीदी दिपकले सोध्छ।तेरो मालिकले ल्याएको हो हामिलाई उ दलाल हो!उस्ले भन्छे।उस्लाई पनि त लग्यो नि पुलिसले उस्लाई त उसै दिन छाडिदियो नी!उस्ले भन्छे।किन छाडेछन किनकी त्यो दोशी थियो राक्षेश थियो त्यहि भयर उस्लाई छाडे।डम्मरे निर्दोश र राम्रो मान्छे थियो उस्लाई अब सके सम्म मृत्यु नभय उमरकैद हुँन सक्छ।उस्ले आफ्नो आँखाको आँसु पुच्दै भन्छे।बल्ल त्यो दिपकले अस्लि कुरा बुझ्न थाल्यो।

(कथा काल्पनिक हो पात्रका नाम र कथा हँग कसैको सम्बन्ध छैन।यदि कसैको निजि जिवन र नाम सँग मेलखायो भने सञ्जोगनै हुँनेछ।)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया