Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

लोकतन्त्र को नाममा लुटतन्त्र बन्दै गरेको कठै मेरो देश

291   पटक पढिएको

वि.स २०६२ चैत्र २२ गते देखि २०६३ बैशाख ११ गतेसम्म चलेको १९ दिने लामो आन्दोलनले नेपालको इतिहासमा २ सय ३७ वर्ष पुरानो राजतन्त्र को अन्त्य गरि लोकतन्त्र को स्थापना गरेको थियो ।आन्दोलनको मुख्य जग को रुप लिइ सरकार को विरुद्ध रहेको एकीकृत नेकपा माओवादी ले उक्त आन्दोलन सम्हालेको थियोे ।राज्य संरचनाले नसमेटेको र विभेदमा परेको वर्ग,जाती,भाषा र लिङ्गको राजनीतिक अधिकार सुनिश्चित गर्ने मुख्य उदेश्यले उक्त जनआन्दोलन सुरु गरिएको थियो।

१९ दिने लामो आन्दोलनमा हजारौं परिवार का सदस्य घाइते र २५ जना विरगङ्गा हरु लाई गुमाउनुपरेको थियो।आन्दोलन को अन्त्य भएसङ्गै फेरि यता तत्कालीन ( विद्रोही )माओवादि र नेपाल सरकार विच विस्तृत शान्ति सम्झौता भयो र नेपालको अन्तरिम संविधान २०६३ निर्माण तत्कालीन विद्रोही पार्टी माओवादी लाई समेत समेट्ने गरि अन्तरिम व्यस्थापिका संसदको निर्माण भयो।

जनता को प्रत्यक्ष सहभागी र तत्कालीन पार्टी माओवादी को १९ दिने आन्दोलन २३७ वर्ष पुरानो राजतन्त्र को अन्त्य सङ्गै लोकतन्त्र को स्थापना भएकोले जनता हरु हर्सित देखिन्थे भने सहिद परिवार भने शोक मै थिए ।

यसै बिच फेरि २०७२ असोज ३ गते नेपाल मा फेरि जनता का प्रतिनिधिले नेपाल को सातौ संविधान अर्थात वर्तमान संविधान बहुमत ले तत्कालीन रास्ट्रपति डा. रामवरण यादव द्वारा नेपाल को संविधान २०७२ पारित भएको घोषणा भयो।

संविधान निर्माण पछि मुलुक यतिबेला सङघिय शासन प्रणाली को अभयास मा छ।स्थानीय तह,प्रदेश र संघ गरि तीन वटै तहको चुनाव सम्पन्न भएसङ्गै जनप्रतिनिधिले काम गरिरहेका छन तर देशमा मा शान्ती र स्थायित्व को सुरुवात भएपनि पछिल्लो समय नेपालमा समृद्द र विकासको वाटोमा देश अघि बढ्न सकेको छैन।जनता बाट मनोनीत भइ सत्तामा पुगेका नेताले जनचाहना अनुसार का काम नगर्दा आम जनता निराश मा छन।

लोकतन्त्र को नाउमा लुटतन्त्र मा लैजादै छन हाम्रो देशका नालायक नेताहरुले देश लाइ।देश कता तिर लम्कदै छ अत्तो पत्तो छैन।स्थानीय निकाय देखि संघिय निकाय सम्म सरकार भ्रष्टाचार मै ब्यस्त छ।जनता रोग ले भन्दा भोक ले मर्न लागिसके तर सरकार भने नसुनेझै थाहा नपाए जस्तो गरिराछ।१८ करोड को गाडी तथा लाखौं को गलैँचा मा सररर हिड्दै छिन हाम्रो रास्ट्रपति ।दिनहुुँ कोरोना को केस हरु जस्तै गरि बलत्कृत समाचार सुनिरह्नु परेको छ।खै कस्ले बुझिदेला र जनता को मर्म ।कहाँ छन कुन्नी अहिलेसम्म मैले मानिरहेका भगवान जबकि त्यो सम्झना बहिनि को मन्दिर मै बलात्कार भइ भगवान को त्रिशुल ले नै हत्या गर्दा सम्म चुपचाप ।राजधानी को पत्रीका का दिनहुँ दिन छापिदै छन हजारौं बलत्कृत वालिका र गरिबी ले छट्पटाइरहेका ती मानिस को तस्बिर ।

हेर्दा हेर्दै थकित छु हजुर म ।अब त घर बाट पसल जान निस्केकी मेरि बहिनी फर्केर आउने हुन कि हैनिन भैसक्यो हजुर।ब्वासो हरु ले भरिएको मेरो देश,जहाँ न्याय को कुनै कानुन नै छैन।

अचम्मै छ हजुर यहाँ जहाँ हजारौं संख्या मा रहेका गरिव जनता हरु सडक मा आएर छटपटाइरहेका छन तर सरकार भने आफै भ्रष्टाचार मा व्यस्त ।थुक्क नालायक सरकार अहिले सत्तामा पुगेर जनतालाइ रुहाइरहेको तैले भोलि तलाई रुहाउने छ,तलाइ ती गरिव तथा निमुखा जनता को पाप लाग्ने छ सरकार ,, खै कहाँ छ कुन्नि त्यो न्याय को ढोका जबकी गरिव को पक्षमा लागेर दिनरात नभनि गरिव तथा निमुखा जनता को उपचार मा खटिएका डा.गोबिन्द के.सि ।

गरिव तथा निमुखा जनता को पक्षमा आवाज उठाइ दिन रात नभनी आफ्ना माग राख्दै अनशन बसेका उनको माग कसले पूरा गर्देला र खै।कसले सुनिदेला र खै उनको कुरा...?झन पछि झन कमजोर बन्दै गइरहेको उनको स्वास्थ्य अवस्था,खै के पूरा गरिदेला र जहिले टार्ने काम त गरेको छ हजुर।अब बाकी के नै रह्यो र अब सरकार ले उनको लास को त प्रतीक्षा गरेको होला नि ,होइन र...? नेपाल आमा साच्चिकै नभएकि हुन त...?

अचम्म त झन त्यति बेला लाग्छ हजुर जबकी राम्रो काम गर्ने मान्छे लाई त सत्ता बाट निकाली हालिन्छ।कुरा कुलमान कै गरौं ,जबकी हजारौं नेपाली को मन जितेर आज विदाइ हुनु परेको छ,खै किन पुन:नियुक्ति को लागि कुलमान को कुरा गर्दैन।लामो समय देखि घाटा मा रहेको उक्त संस्था लाई आफ्नो कार्यकाल मै संचित घाटा लाई परिपुर्ति गरि नाफामुलक संस्था मा लगेको उनको योगदान को कदर खै त सरकार ...?

१८ घन्टा लोडसेडिङ मा रहिरहेको नेपाललाई लोडसेडिङ मुक्त बनाउने उनलाई पुन:नियुक्त को लागि कानुन ले दिदैन रे,अरे कस्तो खाल्को कानुन हो र हजुर जहाँ सक्षम मान्छे लाई हटाइ असक्षम मान्छे लाई नियुक्त गर्न खोजिदै छ।जबकी एउटै ब्यक्ति ४-५ चोटि सम्म प्रधानमन्त्री,रास्ट्रपति ,अर्थमन्त्री हुन पाउने तर निस्ठ तथा क्षमतावान ब्यक्ती भने नियुक्त हुन नपाउने कस्तो खालको कानुन हो हजुर यो...?जनता बाट निर्वाचित भइ अहिले जनता ले नै चाहेको ब्यक्ति लाई नियुक्त गर्न नपाउनु कस्तो खाल्को कानुन रैछ हजुर...।

लोकतन्त्र आयो लोकतन्त्र खै त लोकतन्त्र ....?
यसलाइ लोकतन्त्र भन्न मिल्ला र....?

लोकतन्त्र मुलुक होइन हजुर यो अब त लुटतन्त्र मुलुक बन्दै छ नेपाल ।नेपाल लाई स्विजरल्यान्ड बनाउछु भनेर हिजो भासण गर्ने नेता हरु कता छन कुन्नी,,त्यो त सपनी मा मात्र हुने भयो सरकार ।नेपाली आमाले देखेको सुखी नेपाल समृद्द नेपाल यहि राजनीतिक र कानुन हिसाबले असम्भव छ सरकार ।अब विस्वास कस्को नै रह्यो र सरकार जब कि जनता को लागी बनाइएको सरकारि स्तर को अस्पताल अर्थात नेपाल को पुरानो अस्पताल "वीर अस्पताल "मै भ्रष्टाचार को गन्तव्य बन्दै रहेछ,,बिरामिको उपचार को नाममा उपचाररत बिरामी को अङ्ग जस्तै:किड्नी ,मुटु,कलेजो,आँखा लगायत मानव शरिरका महत्त्वपूर्ण अङ्ग हरु निकाली विरामी लाई मारेको खबरले दुखी तुलयाएको छ।

सरकारि दर्जा मा रहेको उक्त अस्पतालले नै यस्तो अमानवीय व्यवहार गरेपछी अरुले के बाकी राख्ला र सरकार ...?निर्दोष ती बिरामी को अङ्ग झिकेर बेच्ने तिम्रो धन्दा लाई एक दिन कडा सजाय मिलोस सरकार ।यो त अत्ति भएन र सरकार ...?हामि कहिले सम्म चुप रहने...?मुलुक यस्तो अवस्थामा रहेको वेला पनि तिमि भने आफ्नै पद!!

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन

न्युयोर्क। कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन