Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

माया पोखरेल ले यसरी दर्साइन आमा प्रतिको माया

   
334   पटक पढिएको

मेरी आमा

माया पोखरेल
पाणिनी १ पणेना
अर्घाखाँचीबुलेटिन - मेरा शब्दहरुकी रानी अनि भावनाकी खानि कहाँबाट सुरु गरौं ,कुन नाम दिँउ, कुन उपमाले सजाँउ, कति बिश्लेषणले सिंघारौँ तपाईंलाई!

मायाको महाकाब्य अनि सहनशिलताको बिशुद्ध उदाहरण जस्तो लाग्छ तपाईं! महासागर जस्तै लाग्छ आशाको ,आशीर्वादको अनि भर भरोसाको!जिवनको सशक्त प्रतिभा अनि कलाकार जस्तै लाग्छ । तपाई बिराट धरहरा अनि दिलैकी धनी प्राण स्वरुपिनी भगवती जस्तै लाग्छ आमा !

सकलकी सुन्दर चाहाना तपाईँ संग हुदा मात्रै मलाई कुनैकुराको भय हुदैन सायद तपाईं पवनकी संन्चालिका अनि संरचना भएर होला । संसारका हरेक आमा जस्तै मेरि आमा पनि एकादशी, उज्यालि शशी अनि सत्य सुभाशिली लाग्छ । आमा तपाईं त उदाउदो प्रभात अनि अस्ताउदो सुन्दर सन्ध्या ,कन्चन दिवा अनि अलौकिक रात्रि जस्तै लाग्छ सायद तपाईं सन्तानको जीवन तालिका नै भएर होला।

तपाईं स्वयंम ईस्वर ,तिर्थ ,व्रत भएर त होला नि है सकल जगतमा तपाईंलाई तुलना गर्ने कुनै त्यस्तो चिज नै नभएको। खै के मात्रै भनु तपाईंलाई मेरा चोटहरुलाई तपाईंले जति कस्ले बुझ्छ ,मेरो मौनतालाई तपाईंले जति कसले सुन्छ! मेरो हासो अनि आँशुलाई तपाईंले जति कस्ले पो समेट्छ । संसारको म जुनसुकै धरातलमा उभिए पनि तपाईंले जति साथ मलाई कस्ले दिन्छ र !म भए पनि नभए पनि तपाईं हुनुहुन्छ जतापनी घाम जुन जत्तिकै ,हावा पानी उत्तिकै ,खै कहाँ मात्र हुनुहुन्न तपाईं यो सृष्टि भन्दा पहिले तपाईं हुनुहुन्छ र त म छु ।

मेरि आमा तपाईं बिना म केही होइन कोहि होईन तर तपाईंको साथमा हुदा लाग्छ संसारकै भाग्यमानी मान्छे म नै हो, आमा! तपाईंले जति जिन्दगी नबुझुला ,तपाईंले जति हृदय उदार बनाउन नसकुला , तर धन्य छु आमा तपाईंले जन्माई दिनुभयो र त पाए मैले यो जिवन अनि बल्ल जन्मियो मेरो अस्तित्व ! जन्मियो मेरो अस्तित्व !!!

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया