Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

ओली-प्रचण्डबीचको संवाद सकियो, के निस्कियो निष्कर्ष ?

   
216   पटक पढिएको

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल आज पनि बिनानिष्कर्ष टुंगिएको छ।

शनिवार दिउँसो बालुवाटारमा दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनगर्ठन, संवैधानिक तथा राजनीतिक नियुक्ति र पार्टी एकताका काम टुंगाउने विषयमा छलफल भएपनि सहमति जुटन सकेन।

करिब १२ बजे बालुवाटार पुगेका प्रचण्ड तीन बजे बालुवाटारबाट बाहिरिएका थिए। आज पनि पार्टी एकताकै विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। केही समययता प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल गरिरहेका छन्। तर, भेटवार्ता निष्कर्षबिहीन टुंगिने गरेको छ।

स्रोतका अनुसार आजको छलफल पार्टीको सांगठनिक एकीकरणका बाँकी काम टुंग्याउने विषयमा केन्द्रित भए पनि अध्यक्षद्वयबीच कुनै सहमति हुन सकेन। यसअघि दुई अध्यक्षबीच भएको भेटवर्तामा छलफल भए पनि टुङ्गो नलागेपछि आज पुनः समझदारीको प्रयास भएको थियो। भेटवार्तामा पार्टी महासचिव विष्णु पौडेल पनि सहभागि थिए। मन्त्रिपरिषद् पुनर्गठनका विषयमा पनि प्रधानमन्त्री ओली र प्रचण्डबीच कुरा मिलेको छैन।

गत असोज ६ गते बसेको सचिवालय बैठकले पार्टी एकताका कामलाई पूर्णता दिने विषयमा प्रस्ताव ल्याउने जिम्मेवारी अध्यक्षद्वय र महासचिवलाई दिएको थियो। १० दिनभित्र एकताको प्रस्ताव ल्याउने जिम्मेवारी दिए पनि अझैसम्म प्रस्ताव तयार भइनसकेको नेताहरु बताउँछन्।लोकपाटि

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन

न्युयोर्क। कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन