Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

माया पोखरेल द्वारा लिखित गजल " रित यस्तै छ "

   
208   पटक पढिएको

रित यस्तै छ

छुदैनन कुनै शब्दले,गित यस्तै छ
बहकिदैन मन पनि संगित यस्तै छ ।

झुक्क्याएर शितलता दिन्छ मिर्मिरेको भरमा
दिनसंगै सुकि जाने ,शीत यस्तै छ ।

जस्को मुहार फुलको थुंगा उसकै मन ढुङ्गा
पग्लिदैन यो कहिल्यै ,रित यस्तै छ ।

देउरालीमा खाको कसम छिट्टै तोडियो रे
कि त अचेल नयायुगको प्रीत यस्तै छ ।

माया पोखरेल पणिनी १ पणेना अर्घाखाँची

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन

न्युयोर्क। कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन