Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

चारपाथी भटमास र महिलाको भबिस्य ! लघु कथा : सुरेशकुमार पान्डे

   
185   पटक पढिएको

जुँएले सदैभरी आफ्नो कोठामा जुवाडेहरु बटुलेर तास खेलाउँथे।तास खेल्न आएका मान्छेहरु बाट पहिलो दाउँ राखेको तास खेले बाफत असूल गर्थे।उनि एउटा कम्पनिका चौकिदार हुँन कम्पनिले उन्लाई बस्ने एउटा राम्रो कोठा कम्पनिको नजिकै दिएको थियो।

ताकि आबस्याक पर्दा उन्लाई कम्पनिले बोलाउँन सकुश। त्यो कोठाको ढोका सदैभरी बन्दै हुँन्थ्यो।भित्र के के हुँन्छ त्यसबारे कसैलाई थाहा हुँदैन थियो।
लामा लामा जुँवा पालेका चिम्से आँखा भयको उक्त ब्यक्तिले प्रवाशमा भयपनि कालो टोपीमा श्रिपेचको निसान लगाएर लगाउँथे।देख्ने मान्छेले उन्लाई देशभक्त सम्झिन्थे,बोल्दापनि नेपालीहरु सँग हिन्दिमा बोलेनन् बरू स्थानियहरु सँग बोल्दा नेपाली मिसाई दिन्थे।कसैले उन्लाई जुगराज भनेर नामले बोलाउँथे कसैले जुँए कमम्पनिमा धेरैजसो बहादुर भनेर बोलाउँदा उनि खुसि हुँदै जुँवा तिखार्न थाल्थे।सदै भरी खुकुरी कम्मरमा कम्मर पेटी सँग बाँधेका हुँन्थे।

आनन्द धेरै दिनपछि समाजको प्याड लिएर चन्दा काट्न भनि पुग्यो।उस्लाई थाहा थियो जुँएले चन्दा त खास दिदैन तर त्यँहा अरु पनि आउँने जाने भिड हुँन्थ्यो तेसैले केहि चन्दा त्यँहा बाट मिल्न सक्छ भन्ने आसले चन्दाको प्याड लिएर टुपलुक्क त्यँहा पुगँयो ढोका बन्दै थियो।बिस्तारै ढोका खटखटाउँछ।अलि बेर पछि एउटा सेतै फुलेको बुढाले दैलो खोल्दिन्छन।

आनन्दले बुढा मान्छेलाई आदर स्वरुप दुबै हात जोडेर नमस्ते गर्छ तर त्यो बुढाले नमस्तेको कुनै उत्तर दिदैन को हौ तिमि? भन्दै ठाडो भाषा प्रयोग गर्छ।जी म आनन्द हुँ.मेरो नाम आनन्द हो।जुगराज हुँनु हुन्छ घरमा?आनन्दले बिन्रम लहेजामा सोध्छन।हुँनुहुन्न के कामछ ?त्यो ब्याक्तिले फेरी उस्तै ठाडो सैली प्रयोग गर्छ।उँहा सँग काम थियो हजूर म भित्र आउँ?भन्दै आज्ञा माग्छ।आनन्दको प्रश्नको उत्तरमा उ केहि नबोली ढोका बाट हटेर बाटो छोड्दिन्छ।

भित्र पसेपछि उ एउटा चारपाईको कुनामा बस्छ।आज यँहा कुनै जुवाडे हरु लाई देखिन तर अर्को चारपाईमा एउटी करीब पन्द्र/सोह्र बर्षकी केटी गोलो अनुहारकी गोरी देख्नमा राम्री थि तर उस्का आँखा राता थिए।यात उ कयौँ रातकी अनिदो बसेर त्यस्तो भई वा कुनै नसा गरेर त्यस्तो हुँनसक्ने आनन्दले मनैमन अनुमान गरे तर केहि बोलीन।त्यो बुढाकी छोरी होली भन्ने अनुमान लगायो।अलि बेर नबोली चुपचाप बस्यो।

जुगराज धेरैबेर सम्म आएनन।त्यो बुढा र केटी एउटै चारपाईमा बसेका थिए एउटामा आनन्द बसेको थियो।अलि बेर पछि जुँगे आए अनि आनन्द सँग भेट गरे र आफु अलि बेर पछि आउँछु भन्दै फेरी निस्किए।उनि अलि बेर सम्म आएका छैनन्।अलि बेर चुप बसेको आनन्दलाई बुढा सँग कुरा गर्ने मन लाग्यो।
हजूर बाउ छोरी हुँनुहुँन्छ होला?आनन्दले त्यो चारपाईमा बसेको सेतै फुलेको बुढा सँग सोधे।बुढोले न सुन्या झैँ गय्रो। हजूर बाउछोरी हुनुहुन्छ?भन्दै अर्को पाली सोधेको उ रीसले चुर हुँदै होईन मेरो श्रीमति हो!भन्यो सुनेर आनन्द अलि गम्बिभर हुँन्छन।यो सेतै फुलेको बुढा सँग यो भर्खरकी केटीले कसरी बिहे गर्न राजि भयकि होली।आनन्द आश्चार्या हुन्छ।तर वास्तबमा उ त्यो क्वाटर मा बसेको त्यो बुढाले आनन्दलाई भित्रभित्रै आक्रोश ब्याक्त गर्दै अलि मुख सम्मालेर बोल्नु पर्छ भन्छ।

त्यो बुढा एक नम्बरको फटाह सोशक हो भन्ने कुरा अलि पछि कतै बाट जानकारी हुँन्छ।त्यो वास्तबमा उस्को श्रीमति नै रैछ।भयको यस्तो रैछ।त्यो केटीको घरमा धेरै छोरीहरु रैछन,गरिब घरका शन्तानहरु आखिरमा हेलारीनै हुन्छन।

एक पटको अनिकालमा त्यो बूढाले चारपाथी भट्टमाश बेचेको रैछ यो केटीको माईतिलाई त्यो फिर्ता गर्न नसकेपछि छोरीलाई पोईल लगाएका भन्ने कुरा अरु अरु बाट सुन्दा अचम्मै लाग्छ।आजको यो बैज्ञानिक युगमा पनि यस्तो ब्यबहार हुनसक्छ भनेर अनुमान गर्न अपठ्यारो पर्छ।आनन्दले त्यो केटी तिर कहिले बुढा तिर नियाल्दै र गम्भिर नजर घुमाउँदै!हाम्रो यो समाज कस्तो हो एकातिर धर्मको नाम मा दुनिया भरीका भाका न भाका पुजा पाठ गर्छन तिर्थ बर्त बस्छन।अर्को तिर यस्तो सामाजिक सँस्कार भन्दै थियो!भाईर त्यो ढोका घर्ल्याम्मै बन्द गर्दै जुँए भित्र पस्छन उन्ले एउटा लिप्पाफामा मासु लिएर आएका थिए आर्कोमा एउटा रक्सिको बोतल थियो किचननमा राख्दै नसालु आँखाले त्यो केटी तिर हेर्दै जुँवा तिखार्दै थ्यो।उ खुसि हुँदै किचन तिर पस्छे बुडाले दुईटा गिलास र एकजगमा पनि लिएर टेवुलमा राख्छ।आनन्द उठेर आफ्नो बाटो लाग्छन।(कथा काल्पनिक हो यो कसैको निजि जिवन सँग मेल खाएमा मात्र सञ्जोग हुँनेछ।)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया