Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

दिन दु:खिहरुका भगवान र समाजसेवी मात्र होइनन दिपक ओली उनि नायक पनि हुन् (भिडियो सहित )

   
240   पटक पढिएको

तेलअभिव ,इजरायल।
असोज ३० ,अर्घाखाँचीबुलेटिन - पुर्व एनआरएन (एनसिसि ) इजरायलका अध्यक्ष तथा समाज सेवी युवा दिपक प्रसाद ओली दिन दु:खीका भगवान मात्र होइनन्
उनि सिनेमा क्षेत्रका नायक पनि हुन्।

झापा जिल्लाको हल्दि बारीमा जन्मेका समाजसेवी ओली २०५१ साल देखि सिनेमा क्षेत्रमा लागेका थिए। लामो समय देखि सिनेमा क्षेत्रमा आबद्व रहेका ओली आधा दर्जन भन्दा धेरै नेपाली सिनेमामा अभिनय गरिसकेका छन उनले बिभिन्न म्युजिक भिडियोमा समेत आफुले अभिनय गरेका छन।

ओलीलाई नायकको रुपमा भन्दा पनि दिन दु:खिहरुका भगवान भनेर चिरपरिचित रुपमा नेपालि भाषीहरु ले चिन्ने गर्दछन।

झापाको हल्दि बारीमा जन्मेका ओली झन्डै १ दशक देखि बैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा कार्यरत हुनुहुन्छ।विदेशमा रहेर पनी इजरायलमा रहने नेपालि भाषी ,र देश वासीहरुका लागि अतुलन्य योगदान पुर्‍याई सकेका छन्। आजको दिनमा ओली नेपालिभाषीहरुको लागि एक खम्बा बनेर इजरायलमा उभिएका छन्।

उनको कार्य शैली प्रति इजरायलमा रहेका नेपाली भाषीहरु उनको गुणगान गाउँने गर्छन।

हेर्नुहोस भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया