Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गजल! क्रान्तिकिरीलाई देखेर जल्नेले पनि क्रान्तिकारी भन्छन : सुरेशकुमार पान्डे

   
191   पटक पढिएको

गजल!

क्रान्तिकिरीलाई देखेर जल्नेले पनि क्रान्तिकारी भन्छन

क्रान्तिकिरीलाई देखेर जल्नेले पनि क्रान्तिकारी भन्छन,
साम्राज्यावाद को सामु ढल्नेले पनि क्रान्तिकिरी भन्छन।

संसारभरका क्रान्तिकिरीहरुलाई बद्नाम गर्ने योजनाहो,
साम्राज्यावादी कलोमा पल्नेले पनि क्रान्तिकिरी भन्छन।

चिन्न गारो भयो हाम्रो देशका जनता लाई कम्युनिष्ट हरु,
श्रमजीवि किसान लाई दल्नेले पनि क्रान्तिकिरी भन्छन।

सुख शुबिधाका लागि मरिहत्य गर्ने घुसखोर दलालहरु,
सर्व साधारणहरु लाई छल्नेले पनि क्रान्तिकिरी भन्छन।

बन्दुक उठाएर आफ्नो बर्गको नै हत्या गर्न सजिलै होला,
दुश्मनकै अगाडि थरथर गल्नेले पनि क्रान्तिकिरी भन्छन।

रुढीवादको बिरोध गर्न नसकि कुरीति भित्र कुहेको देख्दा,
यहि सम्रचना भित्र आफु रल्नेले पनि क्रान्तिकिरी भन्छन।

सुरेशकुमार पान्डे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया