Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कतारबाट "अनेसास शिखर पुरस्कार"को बिधिवत घोषणा

   
595   पटक पढिएको

सिताराम थापा।
(१७ अक्टोबर -२०२० कतार)- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरले यहि १६ अक्टोबरका दिन पत्रकार सम्मेलन गरी साहित्यकार स्व । शिखर बैद्यको सम्मानमा "अनेसास शिखर पुरस्कार "को स्थापना भएको बिधिवत घोषणा गरेको छ ।

अनेसास कतार च्याप्टरको स्थापनामा महत्वपूर्ण भुमिका निर्वाह गर्नु हुने साहित्यकार स्व । शिखर बैद्यको ९ मार्च २०१४ मा देहावसान भएको र उहाँले प्रवासमा नेपाली भाषा, साहित्य, कला, सस्कृती ,गित संगीत र समाज सेवामा पुर्याउनु भएको योगदान र सत्कर्मलाई सधै सम्झिरहन तथा उहालाई सधै अजर अमर बनाई राख्न यो पुरस्कारको स्थापना गरिएको हो ।

नेपाली भाषा साहित्य कला गित संगीत र समाजसेवामा लाग्ने हरेक नेपालीलाई हौसला प्रदान गर्न, मध्यपूर्व श्रमिकहरुको देश हो भनि राज्यले हेर्ने दृष्टिकोणलाई सकरात्मक बनाउन तथा प्रवासमा रहेर पनि नेपालीहरुले गरेका सकारात्मक कार्यहरु र नेपालीको पहिचानलाई सगौरव प्रस्तुत गर्ने उदेश्यले स्थापित यो पुरस्कार हरेक बर्ष स्व ।शिखर बैद्यको जन्म जयन्तीको दिनप्रदान गरिने छ भने यो पुरस्कारको राशी नेपाली तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ रहेको छ जुन राशी समय अनुरुप बढाउदै लैजान सकिने छ ।

पुरस्कार प्राप्तिका लागि कृति प्रकाशन अनिवार्य छैन । प्रवासमा रहेर वा बसेर नेपाल फर्की सकेका तर प्रवासकै साहित्य लेखेको या लेखिरहेको नेपाली भाषा, साहित्य, कला, सस्कृती र गित संगीतमा महत्वपूर्ण योगदान पुर्याउनु हुने नेपाली जो सुकै ब्यक्ती पनि पुरस्कारका लागि निर्णायकको छनौट दायरा भित्र पर्न सक्नेछन । पुरस्कार राशीको स्रोत तत्काल केही नरहे पनि इच्छुक संघसस्थाहरुबाट प्राप्त चन्दा, दान,उपहार, च्यारीटी तथा गोष्ठी आदि नै प्रमुख स्रोत हुन भने भविष्यमा यी सबै स्रोतबाट संकलित नगद या जिन्सीलाई अक्षयकोष खडा गरि सोबाट प्राप्त ब्याजबाट पुरस्कार बितरण र समिति सन्चालन गरिने छ ।

'अनेसास शिखर पुरस्कार' संचालन गर्नको लागि समितिको आबश्यक पर्ने हुनाले तीन सदस्यीय 'बोर्ड अफ ट्रस्टी'को गठन गरिएको छ । बोर्ड अफ ट्रस्ट्रीमा स्वर्गिय शिखर बैद्यको परिवारको तर्फबाट उहाकी धर्मपत्नी श्रीमती सविता वैद्य, साहित्यकार तथा अनेसास कतार च्याप्टरका पूर्वअध्यक्ष तीर्थ सङम राई र अनेसास कतार च्याप्टरका वर्तमान अध्यक्ष सिताराम थापा रहेका छन् ।

त्यसै गरी सात सदस्यीय 'पुरस्कार समिति' र तीन 'सदस्यीय सल्लाहकार समिति पुरस्कार समिति संयोजकमा प्रेम प्रसाद भट्टराई (निबर्तमान अनेसास कतार च्याप्टर अध्यक्ष), सदस्य सचिवमा लेख कार्की (बर्तमान अनेसास कतार च्याप्टर द्वितिय उपाध्यक्ष ), कोषाध्यक्षमा माया के.सि. (वर्तमान अनेसास कतार च्याटर सचीव ) र सदस्यहरुमा मणि पौडेल (वर्तमान अनेसास कतार च्याप्टर प्रथम उपाध्यक्ष), श्यामराज रानाभाट (अनेसास कतार च्याप्टर पूर्वअध्यक्ष ) , दिलिप पराजुली ( नवोदित साहित्यिक वाचनालय कतार निवर्तमान अध्यक्ष ) र चक्र कार्की ( नवोदित साहित्यिक वाचनालय कतार वर्तमान अध्यक्ष ) रहेका छन ।

त्यस्तै सल्लाहकारमा अनेसास कतार च्याप्टर पूर्वअध्यक्ष एवम साहित्यकार दीपक भेटवाल , पत्रकार महासंघ कतारका वर्तमान अध्यक्ष करीम वक्स मिया र सामाजिक अभियन्ता विल गुरुङ रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया