Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

प्रहरी सहायक निरीक्षक विकको हत्यामा संलग्‍न भएको आशंकामा ११ जना पक्राउ

   
350   पटक पढिएको

काठमाण्डौ। धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्यामा संलग्‍न भएको आशंकामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।

गएराति कैलालीमा तस्कर समूहले एक प्रहरीको हत्या गरेको विषयमा अनुसन्धानका क्रममा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको सुदूरपश्‍चिम प्रहरी प्रमुख डीआजी उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।

गए राति गस्तीमा हिँडेका विक सम्पर्कविहीन भएकामा आज बिहान नजीकैको मोहना नदीमा शव फेला परेको थियो । विकसँगै गस्तीमा हिँडेका सोही कार्यालयका प्रहरी हवल्दार रामबहादुर साउद पनि सम्पर्कविहीन छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया