Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अखिल नेपाल राष्टिय खेलकुद महासंघ, केन्द्रिय न्यूक्लस गठन, संयोजकमा पृथ्वी थापा

   
148   पटक पढिएको

टेकराज भुसाल।
कार्तिक २,बुटवल । अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघ, केन्द्रीय न्यूक्लस पृथ्वी थापाको संयाेजकमा ७ सदस्यीय राष्ट्रिय भेला आयाेजक समिति गठन गरिएको छ। जस्काे सचिवमा भक्त विश्वकर्मा, कोषाध्यक्षमा कुलबहादुर बुढा सदस्यहरुमा विशनसिंह खड्का, विनोद गैरे र अशोक विक्रम जि.सी. हुनुहुन्छ भने १ स्थान रिक्त राखिएको छ।

खेलकुदमा संलग्न खेलाडि तथा खेलप्रेमीहरुको सहभागितामा अखिल नेपाल राष्टिय खेलकुद महासंघ, केन्द्रिय न्यूक्लस गठन भएको छ।
खेलकुद क्षेत्रमा विद्यमान भ्रष्टाचार लगायत विभिन्न प्रकारका विकृति विसंगतिहरुका विरुद्ध सशक्त अभियान चाल्ने उदेश्यका साथ उक्त संस्था गठन गरिएको संयोजक पृथ्वी थापा द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा जनाइएको छ।

नयाँ युवा प्रतिभाहरुका लागि खेलकुद क्षेत्रमा आफ्नो क्षमता उजागर गर्न आवश्यक वातावरण निर्माण हुन नसकेकाे र विभिन्न प्रकारका विकृतिहरुका विरुद्ध खेलकुद क्षेत्रमा संलग्न नयाँ उत्साह भएका युवाहरुको बीचमा बृहत संजाल बनाउनुका साथै युवाहरुलाई खेलकुद संगठनमा आवद्ध गरी मुलुकको खेलकुद क्षेत्रमा व्यापक परिवर्तन गर्ने उदेश्य यो संस्थाको गठन गरिएको विज्ञप्तिमा जनाइएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया