Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अविरल फिल्म्सको बजार व्यवस्थापन तथा दृश्य निर्माणमा दया गुरुको "परदेशीको स्वास्नी "गीति एल्बम सार्बजनिक (भिडियो सहित )

   
264   पटक पढिएको

बुटवल। अविरल फिल्म्सको बजार व्यवस्थापन तथा दृश्य निर्माणमा दया गुरुको "परदेशीको स्वास्नी " आजै मात्रै सार्बजनिक भएको छ।

बजारमा सार्बजनिक गीतहरु भन्दा फरक बिसय बस्तु बोकेको गीतमा हेमराज नेपालीको लय शब्द रहेको छ भने सर्मिला गुरुङ र हेमराज नेपालीकै स्वर रहेको छ , बिनोद बाजुरालीको एरेन्ज रहेको गीतको भिडियो बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन्।

भिडियोमा हाम्रै समाजमा देखिएको बास्तबिक घटनालाइ चित्रण गरिएको छ भने बिदेशी भूमिमा रगत पसिना बगाएर काम गर्ने श्रीमान को श्रीमती यता अर्कै संग पल्किए पछि निम्तिने दुर्घटनालाई दर्दनाक रुपमा प्रस्तुत गरिएको छ।

दया गुरु, बिना राना, किशु गुरुङ, अर्जुन , कृष्ण लगाएतका कलाकारको अभिनय रहेको भिडियोमा सगुन शर्मा र सिमा भुसालले श्रीन्गार गरेको छन् , अविरल फिल्म्सको युटुब देखि सार्बजनिक भएको छ।

हेर्नुहोस भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया