Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपालमा आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि

   
108   पटक पढिएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितमध्ये १७०२ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १४३१, भक्तपुरका १४८ र ललितपुरका १२३ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये ७६५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

९६ हजार ६०९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २१०८ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ४१ हजार ७५५ संक्रिय संक्रमित छन् । १३ हजार ५५९ संस्थागत र २८ हजार १९६ होम आइसोलेसनमा छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया