Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कर्मचारी हरुको अधिकार प्राप्तिका लागि डटेर लड्छौ : अध्यक्ष झबिन्द्र खनाल

   
284   पटक पढिएको

एसपी भुसाल ,सन्धिखर्क।
कार्तिक ४,अर्घाखाँचीबुलेटिन - निजामती कर्मचारी हरुको आधिकारिक ट्रेडयुनियन का जिल्ला अध्यक्ष झबिन्द्र खनालले कर्मचारी हरुको अधिकार प्राप्तिका का लागि आफुहरु लडिरहने बताउनु भएको छ ।

बिजया दशमि शुभदिपाबलि छड पर्बको अबसरमा शुभकामना ब्यक्त गर्दै अध्यक्ष खनालले कर्मचारी हरु राष्टको स्थायि सरकार भएकाले कर्मचारी हरुलाई निस्पक्ष जिम्मेवारी पुर्वक श्रोर्स फोर्स बिना काम गर्न बाट कसैले पनि रोक्न नहुने बताउनु भएको छ ।खनालले आफु अध्यक्ष भएपछि कर्मचारी हरुको ट्रेडयुनिय अधिकार प्राप्तका लागि आफु लागि परेको बताउदै कर्मचारी लाई पर्ने हरेक समस्या सँग जुध्न आफुहरु तयार रहेको बताउनु भयो ।

आधिकारिक ट्रेड युनियनको अहिले ब्यबस्थित कार्यलय सन्चालन गरिएको र आगामि दिनमा रचनात्मक काम गर्ने चोच का साथ अगाडि बढेको भएपनि कोभिटका कारण केही समस्या भएको बताउनु भयो ।खनाल कर्मचारी हरुका निकै प्रिय नेताको रुपमा चर्चित छन

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया