Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

दँशै! लघुकथा! सुरेशकुमार पान्डे

   
170   पटक पढिएको

कार्तिक ४ ,अर्घाखाँचीबुलेटिन - बुढी आमा बिहानै उठे देखि पेटीमा एउटा पुरानो फाटेको गुन्द्री बिछाएर बसेकि थिईन।घाम झुल्किँदा देखि घाम अस्ताउँदा सम्म उन्का आँखाहरु मोटर हिँड्ने बाटो तिर हुँन्थे।उमेर लगभग अस्सि बर्ष कि बृद्धा अँझै टाठि थिईन आई परेका सके जति घरेलु काम अहिले पनि गर्थिन।

बस डाँडा बाट यता आयो भने उन्ले उतै गम्भिर भयर नियाल्थिन।सदै झैँ आजपनि आमा बिहानै देखि बसेकि थिईन स्वास्थय पनि ठिक नभयको महेशुर्ष भयको थियो।छोरा छोरी ना नातिना भयकी आमालाई अरु केहि चिन्ता थियो भने बिदेश गयका छोराहरुको चिन्ता हुँन्थ्यो।

एउटा छोरा बिदेशको आर्मिमा थियो एउटा खाडिमा काम गर्थ्यो।उस्ले के काम गर्थ्यो बिचारी आमाँलाई के था।ना-नातिनालाई दुखः दिएका थिएनन् यसैमा आमा शन्तुष्ट देखिन्थिन।बुहारी ले अँस्ति बाट आमा म माईत जान्छु है यसपालीको दँशैमा भन्दै घरी घरी प्रश्न गर्थिन तर बुढी ले हँ न गर्न सकेकि थिईनन।गरुन पनि कसरी उस्को माईत अलि टाडा भयकोले केहि दिन फर्किन लाग्थ्यो।नजा भन्नपनि बुहारीको माईत उनका आमा बाले दँशैमा बाटो अबस्यपनि हेर्छन भन्ने आमालाई लाग्थ्यो।सबै आमा बाको मन उस्तैता हो।जा भन्नपनि कसरी भन्ने अँझै घरमा कोहि थिएन।

कान्छाको अहिले फर्केर आएपछि बिहे गर्ने बुढीको धोकोछ।उन्ले आफ्नो बिचार मिल्ने बुहारी खोजेकि थिईन आफुले चुनेकोलाई छोराले कसरी नाटला र उन्ले मनै मनमा सोँच्थिन।पाँच भैनी छोरी पछिका दुई भाई छोरा हुँन।सबै छोरीका छोरा छोरीहरु पनि ठुल-ठुला भै सकेका थिए।छोराको भने जेठाको दुई भाई छोरा छोरा थिए।कान्छोको बिहे भयको थिएन।

बुढा बितेको पनि पाँच बर्ष भैसक्यो उनि पनि ठ्याक्कै पचासि बर्षका बिते बुढी उनि भन्दा दश बर्षले कान्छि हुँन।तर पनि अहिले स्वस्थय उन्को ठिकैथियो।आमालाई धेरै यता उता जान नदिनु देशभरी कोरोना फैलिएकोछ भन्दै अँस्ती भर्खर डुईटै छोराहरुले भन्दै थिए।ठुलो छोरा अहिले न आउँने पक्का थियो किन की त्यो गयको बल्ल दुई बर्ष पुग्यो उ आर्को बर्षमा आउँने हो।तर केही मैना खानमा मात्रै बस्नु पय्रो त्यँहपनि कोरोनाले गर्दा लकडाउन थियो।कान्छो छोरा छिमेकि देशको फौजमा नोकरी गर्छ।प्रतेक बर्ष दँसैको बेला घर आएकै हुँन्थ्यो।अरु मेला पर्वमा नगए पनि दँशैमा जसरी भयपनि आमाको हातको टिका लगाउँन पुग्थ्यो।केहि दिन छोरा सँग कुरा गर्दा आमाले बाबु दँसैमा आएहै!भन्दै भाबुक भयकी थिईन।बुढा बुढीलाई यो दँशै कुन्नि किन यति खुसिको दिन लाग्छ?आखिर सबैका आमा बाले दँशै सम्म कसैगरे पनि आए भन्छन।अरु दिन लाई भन्दा दँशैलाई बढि प्राथमिक्ता दिने नेपाली समाजको परम परानै छ।हुँन्छ आमा म कसै गरेपनि आउँछु भन्दै कान्छाले कुराको बिट मार्छ।त्यही दिन देखि अहिले सम्म छोरा आउँने बाटो कुरेर बसेकि थिईन।

आमाको मन जति शन्तान भयपनि सबै उस्तै प्यारा हुन्छन।आमा पुरानो खयालकी भयपनि हिँजो र आजमा धेरै फरक छ हामिले जो-जसरी दिन काट्यो त्यस्तै तिमिहरुले आजको अबस्थानुसार चल्नु पर्छ भन्दै छोरा-छोरीलाई सम्झाउँथिन।उन्को बुढाले पनि अंग्रेजको पालामा ब्रिटिश हुकूमत भित्र फौजी थिए तर पछि उन्ले त्यो नोकरी छाडेर आन्दोलनमा कुँदेका हुँन।छिमेकमा स्वधिन आन्दोलन मा हौमिएका एउटा शंघर्ष शिल लिडर बनेका थिए।उन्को सारा जिवन शंघर्ष को ईतिहाश छ।सुगौलीमा भयको शन्धिको बिरुद्धमा थिए,गोर्खा भर्तिको बिरुद्धमा थिए।उनि सदै सच्चाईको बाटोमा हिँडेका हुन।छोरा भने अहिले सैनिक थियो तरपनि आफ्नो जिम्मा पुरा गर्थ्यो।

साँझ पख आएको बस पछि एउटा जिप आउँछ, बुढीले त्यो देखेर हर्षित हुन्छिन।भित्र फटा फट गएर अछेता दहीमा भिजाएर राख्छिन आफ्नो छोरालाई टिका लगाएर भित्र पसाल्ने उन्को योजनाछ।जिप उन्को घरको नजिकै रोक्छन।त्यस बाट दुईउटा फौजी निस्किन्छन।जिप को पछाडि जान्छन,तेस्रो निष्केर आमा बसेको त्यो पेटीमा पुग्छ।सुबेदार साहेबको घर हो?हो बाबु तर उनि बितेको त पाँच बर्ष बिति सक्यो!आमाले भन्छिन उ फर्केर जिपहुँनी आउँछ।बुढालाई सुबेदार भन्थे सबैले उन्को दुरदराज सम्म सुबेदारीको मोहोरनै लागेको थियो।अनि सैनिकले रातो बाकस उचालेर ल्याउँछन।

आगनमा रातो बाकस पुग्दा बुढी भित्तामा अडेश लागेकि थिईन।बाक्सा पेटीमा राख्दा बित्तिकै उनि त्यही रातो बाकसको माथि बिस्तारै पल्टीन्छीन।एकैछिनमा बुढी छोरा सँगै संसार छोडेर जान्छिन।दहीमा भिजाएको अछेता अँझै उनको हातैमा थियो।(कथा काल्पनिक हो यसको कसैको जिवन सँग मेल खाएमा मात्र सञ्जोग हुँनेछ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया