Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नायक सितल केसिको जन्मदिनमा पत्रकार तेजेन्द्रसमशेरले किन दिए महानायकको उपमा ?

   
481   पटक पढिएको

सागर मरासिनी।
कार्तिक ५ ,अर्घाखाँची बुलेटिन - विभिन्न सफल चलचित्रमा अभिनय गरिसकेका नायक सितल केसिको आज जन्मदिन ! सामाजिक सन्जाल भरी उहालाइ शुभकामना प्रकट गर्नेको भिड देखियको छ । त्यसै गरि बिहानै देखि फोन मार्फत पनि निरन्तर शुभकामना प्राप्त भयको नायक केसिले हामिलाइ जानकारी गराउनु भयो । अर्घाखाँची स्थायी घर हुनुभयका नायक केसि सामाजिक कार्यमा पनि उत्तिकै सक्रीय हुनुहुन्छ !

अर्घाखाँची बुलेटिनका पत्रकार तेजेन्द्रसमशेर पाण्डेयले भने उहालाइ महानायकको उपमा दिदै फेसबुक मार्फत जन्मदिनको शुभकामना प्रदान गर्नु भयको छ । पत्रकार पाण्डेयले सितल केसि अर्घाखाँचीको गौरव भयको र जिल्लाको बिकासमा समेत उत्तिकै सक्रीय देखियको भन्दै उहाँ अर्घाखाँचीका लागि महानायक भयको उल्लेख गर्नुभयको छ । नायक केसि सङ्गको आफ्नो तस्बिर राख्दै उहाले लामो शुभकामना फेसबुकमा पोस्ट गर्नुभयको छ ।

यस्तो छ पत्रकार तेजेन्द्रसमशेर पाण्डेयको फेसबुक स्टाटस जस्ताको तस्तै :

आउनुस हाम्रा महानायक लाई शुभकामना प्रदान गरौ !!
आज सितल केसिको जन्मदिन !उहाँ प्रती सम्मान ब्यक्त गरौ!

अर्घाखाँची जिल्ला प्राकृतिक बरदानका हिसाबले संसारमै अब्बल छ । हाम्रो भौगोलिकता,यहाको हावापानी,खेतियोग्य जमिन,ऎतिहासिक बिशेसता,पुरातात्त्विक श्रोत साधन ,धार्मिक - सास्कृतिक पहिचान सहित अन्य सामाजिक र प्राकृतिक बिबिधताले हामी धनी छौ ।
हाम्रा जनशक्ति ,हाम्रो जिल्लाका नागरिक,हामिमा भयको मानबिय क्षमता पनि रास्ट्रमा सधै अगाडि छ ।

राज्यको प्रशासनिक क्षेत्रमा अर्घाखाँचीका रास्ट्रसेवक कर्मचारिको सधै मुख्य भुमिका नै रहिरहेको पाइन्छ । राजनितीका दृस्टिले पनि अर्घाखाँची सदा चर्चामा रहने ठाउँ हो ।अन्य क्षेत्रमा पनि जिल्लाको स्थान निकै सम्मानयोग्य छ ।
अब जिल्लाकै एउटा गौरवका पात्र,प्रतिस्ठाका प्रतीक नेपाली फिल्मी क्षेत्रका नायक,हाम्रा महानायक सितल केसिका बिसयमा केही चर्चा गरौ । शुरुमा उहाको आज जन्मदिनको अवसरमा उहालाइ धेरै धेरै शुभकामना ! तपाईं प्रती विशेष सम्मान पनि !

नेपालमा कलाकारिता क्षेत्रमा प्रवेश गर्नुलाइ जुन बेला मानिसले त्यति उचित मान्दैनथे त्यो बेला अर्घाखाँची बाट काठमाडौ पुगि सबै प्रकारका संघर्ष र दुख लाई चिरेर ,पार गरेर कलाकारिता क्षेत्रमा प्रबेश गर्ने एउटा रास्ट्रीय कलाकार हुनुहुन्छ सितल केसि ।

अझ फिल्म क्षेत्रमा लाग्नु त झनै सामाजिक रुपमै गाह्रो काम थियो ।कुनै बेला मानिसहरु यो पेशामा आबद्द ब्यक्तिलाइ एउटा छुट्टै समुहमा राखेर वर्णन गर्दथे । त्यस्ता असहज परिस्थितिमा पनि नेपाली फिल्म क्षेत्रलाइ बचायर आज नेपालमा चलचित्र क्षेत्रको आमूल परिवर्तन गर्न मुख्य पिल्लरको भुमिका प्रस्तुत गर्नु भयको प्रती नायक सितल केसि लाई उच्च सम्मान ब्यक्त गर्दछौ ।

आज पुरै अर्घाखाँचीले उच्च आवाजका साथ सितल केसिको नाम लिन पाउनु हाम्रा लागि हरसमय गौरवमय क्षण हो ।
उहाको कार्य शैलि,निकै मिलनशार व्यवहार,सबै सङ्ग हार्दिक सम्बन्ध,सधै सकारात्मक स्वभाव,कहिले कसैसङ्ग नरिसाउने ,निकै उच्च बिचार जस्ता महान गुणहरुले उहाँ सुसज्जित हुनुहुन्छ !

सितल केसि नेपाली फिल्मी कलाकारिता क्षेत्रमा देशभरमै सबै भन्दा रुचाइयका कलाकार मानिनुहुन्छ । केही समय अघि सम्पन्न भयको चलचित्र कलाकार संघको निर्वाचनमा केन्द्रिय सदस्यमा उहाँ देश भरमै सबै भन्दा बढी मतका साथ निर्वाचित हुनुभयको थियो । यसबाट पनि पुष्टि नै हुन्छ कि सितल केसि कति प्रीय हुनुहुन्छ भनेर !

सामाजिक कार्यमा पनि उहाँ बिगत लामो समय देखि नै सक्रीय हुनुहुन्छ ! पिडित बर्ग,दुखी,गरिब,अन्यायमा परेका,बिरामी,घाइतेहरुको उद्दार,उपचार र सहयोगमा पनि उत्तिकै क्रीयाशिल हुनुहुन्छ ! विभिन्न सामाजिक गतिविधि तथा अभियानमा उहाको अग्रसरताका लागि पनि सम्मान ।
अर्घाखाँची सितगङ्गामा हालै गयको पहिरो बाट बिस्थापित भयका घर परिवारलाइ बस्ती निर्माणका लागि उहाँ शुरु देखि नै क्रीयाशिल एवम चिन्तन हुनुहुन्छ ! बिगतमा पनि जिल्लाका अनेक कार्यमा उहाको प्रत्यक्ष सहभागिता रहेको पाइन्छ ।

उहाले नेपाली फिल्म क्षेत्र,कलाकारिता र कलाकारको हित साथै बिकासका लागि पुर्याउनु भयको योगदानका निम्ति उच्च कदर सहित सम्मान ब्यक्त गर्दछौ । त्यसै गरि जिल्ला प्रती उहाको योगदान र अन्य सामाजिक,जनहितकारी कार्यका लागि पनि उहाँ प्रती हामी विशेष आभार सहित सम्मान प्रकट गर्दछौ ।

आज जन्मदिनको यो पावन र पवित्र अवसरमा तपाइको ब्यक्तिगत जिवनमा सधै स्वस्थताको कामना गर्दछौ । ब्यक्तिगत एवम पारिवारिक जीवन सदा खुशिमय रहोस । सामाजिम एवम कलाकारिताको क्षेत्रमा पनि अझ सफलता प्राप्त होस । सुपादेउराली माताले तपाइको सदा कल्याण गरून् । तपाइका हरेक पल,हरेक क्षण विशेष बनुन,खास बनुन ।

जन्मदिनको शुभकामना महानायक !!

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया