Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सोसल मिडियालाई खुब सदुपयोग गरौँ तर साईबर अपराधमा नफसौँ

   
208   पटक पढिएको

काठमाडौं। भिम उपाध्याय लेख्छ्न “मेरो नाममा फेक आईडीहरू खोल्दै फोटोशप गरेर, त्यसको स्क्रिनशट गरेर पटक पटक पोष्ट गरी समाजमा विद्वेष फैलाउने, जातजातिबीच द्वन्द चर्काउने, सीधै गालिगलौच गर्ने र आपराधिक मनसायका शब्द र आतंककारी शैलीमा लेख्ने गरेको पनि पाईएको छ। यसो गरिनु प्रष्ट रूपमा साईबर अपराध हुन्छ। आज एउटा यस्तै फेक आईडी बनाएर मनोज लामा गुरूङले स्क्रिनशट गरी पोष्ट गरेर विभिन्न ग्रुपमा सेयर गरेको घटनालाई मैले पुलिसको साईबर ब्युरोमा उजुरी दिईसकेको छु। अहिले त्यो पोष्ट हटिसकेको पनि देखिन्छ।

यसअघि मेरो नामको फेक आईडी नै खोलेको पाउदा फेसबुकलाई रिपोर्ट गरेको केही मिनेटमा नै त्यो फेक आईडी डिसएबल तथा डिएक्टिभेट गरिएको थियो।त्यसअघि कुनै सरू सुनार भन्ने महिलाले मेरो फेक आईडी फोटोशप गरेर दलितलाई गाली गरेको शब्द लेखी बनाएर त्यो पोष्टको स्क्रिनशटलाई ग्रूपमा पोष्ट गरेकी थिईन्, त्यो देखेपछि त्यसलाई मैले सबैलाई फेक स्क्रिनशट हो भनेर सूचना गर्दै पोष्ट गरेपछि हटाएको पाईएको थियो।

मेरो फेक आईडी नै बनाएरचलाईएको त मैले आजसमेम भेटेको छैन तर फेक आईडी जस्तै बनाई स्र्किनशट बनाएर स्टेटस लेखी स्केरिनशट गरेर त्यस स्क्रिनशटलाई विभिन्न ग्रूपमा सेयर गरेको भने बेला बेलामा पोष्ट गरिएको देखिन्छ। तिनको मनसाय द्वन्दजातजातिमा काटमार होस् भन्ने नै हुन्छ। त्यस्ता आपराधिक मानसिकता र दिग्भ्रमितहरूले अनाहकमा अन्जानमा दु:ख नपाउन भन्ने सोचेर म तिनका पछि लाग्ने गरेको पनि छैन, ईग्नोर गर्दै आएको छु।

सामाजिक संजालमा आउने कुराहरूमा म निकै सहिष्णू र सहनशिल नै हुन्छु। मलाई जे भने पनि खास फरक पर्दैन तर समाजमा काटमार गर्ने मनसाय प्रदर्शन हुदा अरूलाई आघात पर्न सक्छ र कडा प्रतिक्रिया र जवाफी हमल पनि हुन सक्छ। जातपात, उच-निच, अरूको धर्म, आस्था, परम्परा, विश्वास र सम्मानित ईश्वरप्रति अपमानजनक बोली बोल्नुले एकदम खतरनाक नतिजा आउन सक्छ।

मैले कसैको आस्था, पहिचान , धर्म, परम्परा तथा प्रिय कुराप्रति चोट वा अघात पुग्ने गरी कहिल्यै लेख्ने बोल्ने ब्यवहार गर्ने गर्दिन, सर्वधर्म समन्वय मेरो मूल नीति हो। मैले नेपाली र अंग्रेजी भाषामा लेख्ने वाक्य पनि सकेसम्म जानेसम्म शु्द्ध राख्ने गरेको छु। शुद्धतामा चनाखो रहन्छु। फेक पोष्टहरूमा भाषागत त्रुटी प्रसस्त भेटिने हुनाले मेरो हो हैन पहिचान गर्न पनि सजिलै हुने गर्छ।

मैले लेखेको कुरा मेरो पोष्टमा नै रहिरहन्छ, त्यसलाईनै सेयर गरेको हो भने पत्याउनु होला। स्क्रिनशटमा आएको आपत्तिजनक आपराधिक मनसायका कुरा भेरिफाई गरेर मात्र सेयर गर्ने वा त्यसमा कमेन्ट गर्ने गर्नुहोला। विवेक र संतुलन गुमाएर आपराधिक मनसाय झल्कने प्रतिक्रिया कदापी नगरिदिनुहोला। साईबर अपराध भनेको लेख्ने, सेयर गर्ने, स्क्रिनशट बनाउने, फेक आईडी वा पोष्ट बनाउने, समाजमा काटमार गराउन खोज्ने र त्यस्तो फेक पोष्टमा भर परेर त्यसमा आफूले अश्लिल गालीगलौच र आपराधिक मनसायको कमेन्टहरू गर्ने जति सबै मुछिन्छन्, पर्छन्।

म कसैलाई साईबर अपराधको झन्झटमा पार्न चाहन्न। बहस कडा होस्, आलोचना र बिरोध पनि खुबै कडा होस् तर विवेक गुमाएर, आपराधिक मनसायका अभिब्यक्ति कसैबाट नगरियोस्। किनभने लेखेपछि त्यसलाई डिलिट, ईडिट, वा एकाउन्ट डिएक्टिभेट गरे पनि सजिलै फोरेन्सिक परीक्षणबाट समात्न सकिन्छ। सोसल मिडियालाई खुब सदुपयोग गरौँ, बहसमा चर्काचर्की गरौँ, बिरोध गर्दा ठहरै बेहोसै पारौँ तर अपराधिक शैली, शब्द र वाक्य कदापी प्रयोग नगरौँ र अनाहकमा साईबर अपराधमा नफसौँ।”

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन

न्युयोर्क। कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन