Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कोरोना संक्रमण बाट अर्घाखाँचीका २ जनाको मृ'त्यु

   
638   पटक पढिएको

बुटवल। बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा रुपन्देही र अर्घाखाँचीका दुईजनाको मृ'त्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको अड्गुरीका ३८ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति मृ'त्यु भएको हो ।

कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका तिलोत्तमाका पुरुषको राति १२ बजे मृ'त्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै असोज २२ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका अर्घाखाँचीका पुरुषको बुधबार राति साढे ९ बजे मृ'त्यु भएको हो ।samayapost.com

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया