Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सन्धिखर्कको कुरमा निर्माण गरिएको सिटि भ्यु टावर १ करोडको लगानीमा निर्माण नभई मात्र ४५ लाखमा निर्माण भएको हो : नगरपालिका (विज्ञप्ति सहित )

   
391   पटक पढिएको

कमला थापा ,सन्धिखर्क।
कार्तिक ६ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - २ कुरमा नगरपालिका द्वारा निर्माण गरिएको सिटि भ्यु टावर १ करोडको लगानीमा निर्माण नभई मात्र ४५ लाखमा निर्माण भएको पालिकाले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ।

केहि दिन यता देखि दुहु गाउँपालिका सिद्ध टोपी दार्चुलामा करिब ४३ लाखमा बनेको भ्यु टावर र अर्घाखाँची को सन्धिखर्क नगरपालिकाले करिब १ करोडमा बनाएको टावरमा फरक छुट्टाउनुहोस भन्दै सामाजिक संजालमा पोष्ट गरिएका स्टाटस र प्रचारप्रसारहरु पूर्ण रुपमा गलत भएको र सो सिटि भ्यु टावर भ्याट सहित मात्र ४५ लाखमा निर्माण भएको नगरपालिकाले विज्ञप्ति मार्फत जानकारी दिएको छ।

साथै यस्ता अनरगल प्रचारका पछि नलाग्न सन्धिखर्क नगरपालिकाले अनुरोध समेत गरेको छ।

विज्ञप्ति

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया