Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

चाडपर्वहरुलाइ मध्यनजर राख्दै अर्घाखाँचीमा सवारी साधन चेकजाँचमा कडाई

   
363   पटक पढिएको

सुजन न्यौपाने,सन्धिखर्क।
कार्तिक ६ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लमा चाडपर्वहरुलाइ मध्यनजर राख्दै सवारी साधनहरु चेकजाँचमा कडाइ गरिएको छ।

चाडपर्वका समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर राख्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले नरपानी ,ठाडा लगायतका अन्य क्षेत्रमा सवारी साधनहरु चेकजाँचमा कडाइ गरिएको र यात्रुहरुहरुको सहजीकरणका लागी ट्राफिक प्रहरीले सक्दो प्रयास गरेको ट्राफिक प्रहरीका जवान महेन्द्र भुसालले बताउनु भएको छ।

साथै यात्राको समयमा सार्वजनिक सवारी साधनका धनी, चालक एवं यातायात व्यवसायीहरुले नेपाल सरकारले तोकेको भाडा शुल्क भन्दा धेरै भाडा अशुल गरेमा तुरुन्तै ट्राफिक प्रहरीलाइ खबर गरिदिनुहुन ट्राफिक प्रहरीका जवान महेन्द्र भुसालले यात्रुहरुलाई आग्रह गर्नुभएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया