Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

लुम्बिनी प्रदेशको दोश्रो आर्थिक वर्षकै ठूलो सडक निर्माण आयोजनाले पायो तिब्रता: सांसद केसी द्वारा अनुगमन

   
2169   पटक पढिएको

कमल बिष्ट कपिलवस्तु।
कार्तिक ६ ,अर्घाखाँचीबुलेटिन - लुम्बिनी प्रदेशको दोश्रो आर्थिक वर्षमा बजेट बिनियोजन गरी आफ्नै बजेटमा निर्माण शुरु गरिएको लुम्बिनी प्रदेशकै ठूलो सडक आयोजना, शिवराज नगरपालिका ५ खैरी देखि बिजयनगर गाउँपालिकाको खडैजा सम्मको ७ मिटर चौडा र करीब ११ किलोमीटर लम्बाईको डिबिएस्टी प्रविधीमा निर्माण भैरहेको सडक निर्माणले तिब्रता पाएको छ ।

लुम्बिनी प्रदेश सरकारको २० करोड लागतमा निर्माण सम्पन्न हुने यश सडकले शिवराज नगरपालिकाको खैरी , हर्रहवा, मद्रहवा, सोनपुर, बालापुर , सुन्दरी डाडा , जर्लहिया देखि बिजयनगरको खडैचा सम्मका स्थानीय बासीहरुलाइ प्रत्यक्ष लाभ हुनेछ ।

वर्सौ देखि जिर्ण अवस्थामा रहेको यश क्षेत्रकै पुरानो सडक मध्यको यश आरटिओ सडक निर्माणले पूर्णता पाउनेभएपछी स्थानीय समेत हर्सित छन ।

यसैबिच सडक निर्माणको अनुगमन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले अत्यन्तै मेहनतका साथ ल्याएको बजेटले निर्माण हुने सडक संरचनाको गुणस्तरमा कमि नहोस भन्ने चिन्ताले निरन्तर अनुगमन गरीरहेको बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया