Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीका १४ जना कोरोना संक्रमितको फलो अप परिक्षण गरिएका मध्ये १२ जनाको आयो नेगेटिभ रिपोर्ट : २ जनामा अझै कोरोना पोजेटिभ

   
176   पटक पढिएको

 गणपति भुसाल ,सन्धिखर्क।
कार्तिक ६ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाका १४ जना कोरोना संक्रमितको फलो अप परिक्षणका लागी स्वाब संकलन गरी भैरहवा प्रयोगशाला पठाईएको उक्त स्वाव परिक्षण को आज प्राप्त भएको रिपोर्ट अनुसार २ जनामा कोरोना पोजेटिभ रहेको खबर प्राप्त भएको छ।

फलो अप परिक्षणमा पुन: संक्रमित देखिनेमा सशस्त्र प्रहरी बलका ३६ नम्बर गुल्मका गुल्म पति र १ जना स्वास्थ्यकर्मी रहेका र बाँकी १२ जनाको फलो अप रिपोर्ट नेगेटिभ आएको खबर प्राप्त आएको छ। ।

अर्घाखाँचीमा हाल सम्म कोरोना संक्रमितको संख्या ५३४ रहेको छ भने कोभिड -१९ जितेर घर फर्किनेको संख्या ४०८ पुगेको छ।

यो पनि पढ्नुहोस

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बजार अनुगमनमा तिब्रता दिएको छ।

चाड पर्वको बेला बजारका पसलहरुमा कालाबजारी र म्याद गुज्रीएका समानहरु बिक्री हुन सक्ने भन्दै आज सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाको नेतृत्वमा टिमले बजार अनुगमन गरेको हो।

कोरोना भाइरसका कारण बजारमा देखिन सक्ने समस्या समेतलाई दृष्टिगत गरी चुत्रावेसी,सन्धिखर्कमा रहेका किराना पसल, होटल तथा रेष्टुरेन्ट, खाद्य उद्योग, हार्डवेयर, मासु पसल लगायतमा अनुगमन गरेको अनुगमन टोलीले बताएको छ।

अनुगमन टोलीले पसलमा राखिएका म्याद गुज्रिएका बस्तुहरुलाई उपभोक्ताहरु लाइ बिक्री नगर्न र म्याद गुज्रिएका बस्तुहरुलाई नष्ट गर्न आग्रह गर्दै तोकिएको मुल्य भन्दा बढी मुल्यमा सामानहरु नबेच्न र कालोबजारी नगर्न समेत अनुरोध गरेको छ। यद्वापी पसलेले कालोबजारी गरेको पाइएमा कडा कारबाही हुने अनुगमन टोलीले चेतवानी दिएको छ।

टोलीले आफ्नो पसल, उद्योग परिसर र आसपासको सडकलाई सफा राख्न निर्देशन दिँदै सरसफाइमा विशेष ध्यान पुर्‍याउन होटल तथा रेष्टुरेन्ट र खाद्य उद्योगलाई निर्देशन दिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया