Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

दशैं नजिकिए सँगै सन्धिखर्क बजार क्षेत्रमा बढ्यो सवारी साधनहरुको चाप र मानिसहरुको चहलपहल (तस्विर सहित )

   
463   पटक पढिएको

                                                                                                                        (तस्विर - नवराज भुसाल)

कमला थापा ,सन्धिखर्क।
कार्तिक ६ ,अर्घाखाँचीबुलेटिन - नेपालिहरुको महान चार्ड बिजया दशमी नजिकीए पछि अर्घाखाँची जिल्लाको सन्धिखर्क,चुत्रावेसी बजार क्षेत्रमा निकै चहल पहल बढेको छ।

बाजारमा जनमानसको चहलपहल बढेसँगै किनमेलका लागि कपडा, खाद्यान्न, जुत्ताचप्पल, सुनचाँदी, भाँडाकुँडा, इलेक्ट्रोनिक्स लगायतका पसलमा भीडभाड देखिने गर्दछ।दशैंको समय एक जोर भए पनि नयाँ कपडा किन्ने प्रचलन हाम्रो समाजमा रहेको छ । यस्तै नयाँ सामग्री किन्ने बेला पनि यही नै हो ।

विश्वमा कोरोनाको विषम परस्थिति छ ,भोली देखि बुधबार सम्म बडा दशैँको बिदा रहेको छ। दशैँ को बिदा संगै सन्धिखर्कका कार्यालय क्षेत्रमा जागिर गर्नेहरु र बजारमा भाडामा बस्ने गाउँले मानसिहरु दशैँ मनाउनको लागि आफ्नो गाउँ फर्किनेको भिडभाड चुत्रावेसिको भक्तिटोला जिपकाउन्टर आसपासका क्षेत्र र शान्ति बगैँचा क्षेत्रमा देख्न सकिन्छ।

साथै दशैँ नजिकै गर्दा चुत्रावेसिको भक्ति टोला चोकमा देउराली यातायातका मन्हेंद्र जिपहरु छतमा भरिभराउ सामान भरेर ग्रामिण क्षेत्रमा जानको लागि लाइनमा उभिएको देख्न सकिन्छ भने भक्तिटोलाका पसल हरु र सडकमा सामाजिक दुरी कायम नगरी मुखमा मास्क नलगाई मानिसहरुको भिडभाड र सवारी साधनहरुको उच्च चाप देख्न सकिन्छ।

देश र जिल्लामा कोभिड - १९ को उच्च जोखिम भएता पनि हिड्डुल गर्न निषेधाज्ञा छैन, निषेधाज्ञा छैन भन्दैमा बजारका पसल ,सडकका चोकचोकमा मुखमा मास्क नलगाई ,सामाजिक दुरीको कुनै प्रवाह नगरी जमघट र भिडभाड गर्नु पक्कै पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका मापदण्डहरुको उलंघन गर्नु हो ,तसर्थ आफु पनि बाचौँ अरुलाई पनि बचाऔँ ,यस बर्षको दशैं सव्य रुपमा घरपरिवार भित्रै बसेर मनाऔं,भड्किलो गरि मनाउँदा तपाइँ हाम्रा घरमा रहेका बृद्व /बृद्वा आमबुवा लगायत अन्यमा कोरोना संक्रमण हुन् सक्छ।

चार्डपर्वको बेला बजार क्षेत्रमा कोरोनाको रोकथामको लागि र सवारी साधनहरुको उच्च चाप हुन् नदिन सम्बन्धित सुरक्षा निकायले थप सुरक्षा कर्मी परिचालन गर्नुपर्ने देखिन्छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन

न्युयोर्क। कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन