Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

जनता कृष्ण माध्यमिक विद्यालय सन्धिखर्क ८ किमडाँडाको अध्यक्षमा भरतमणि पाैडेल

   
318   पटक पढिएको

एसपी भुसाल ,सन्धिखर्क।
कार्तिक ७ ,अर्घाखाँचीबुलेटिन- जनता कृष्ण माध्यमिक विद्यालय सन्धिखर्क ८ किमडाँडाकाे अध्यक्षमा भरतमणि पाैडेल सर्वसम्मत निर्वाचित हुनु भएकाे छ ।

नमूना विद्यालयमा शिक्षा प्रेमी तथा समाजसेवी पाैडेल अध्यक्षमा निर्वाचित भएपछि अभिभावकहरू खुसी भएका छन् । साविक किमडाँडामा पञ्चाय काल देखि नै पटक-पटक जनप्रतिनिधि हुनु भएका पाैडेल गाविस उपाध्यक्ष हुँदै अध्यक्ष बन्नु भएकाे थियाे । पाैडेल गाविस अध्यक्ष भएपछि किमडाँडाकाे विकासले फडकाे मारेकाे थियाे । यस अघि पनि विद्यालयकाे अध्यक्ष बन्नु भएका उहाँले विद्यालयकाे नाममा आफ्ना बुवा स्वर्गीय कृष्ण प्रसाद पाैडेलकाे नाम राखि जनता कृष्ण मावि बनाउनु भएकाे थियाे ।

विद्यालयका पूर्व शिक्षक समेत रहनुभएका अध्यक्ष पाैडेलले विद्यालयकाे शैक्षिक गुणस्तर र समग्र विकासका लागि आफूले कुनै कसुर बाँकी नराख्ने बताउनुभयाे । उहाँले नमूना विद्यालयलाई वास्तविक नमूना विद्यालयकाे रूपमा रूपान्तरण गर्नका लागि शिक्षक अभिभावककाे सहयाेग अपरिहार्य रहेकाले सबैबाट सक्दाे सहयाेग पाउनेमा आफू आशावादी रहेकाे बताउनुभयाे ।

विद्यालय व्यवस्थापन समितिकाे सदस्यहरूमा वडा अध्यक्ष ईश्वरी प्रसाद भुसाल, हरि प्रसाद भुसाल,जानका वञ्जाडे, कमला खत्री, ज्ञानेन्द्र थापा, सरस्वती भुसाल र सदस्य सचिवमा प्रधानध्यापक नारायण पाैडेल रहनु भएकाे छ । शिक्षक प्रतिनिधिकाे टुङ्गो लाग्न बाँकी छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया