Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घा बेल्टारी आपखोला गाँजरीका किसानहरु दशैँ अगाडीनै धानबाली उठाउन (भित्र्याउन) मा व्यस्त (तस्विर सहित )

   
209   पटक पढिएको

कमला थापा ,सन्धिखर्क।
कार्तिक ७ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - १० बेल्टारीका किसानहरु दशैँ अघि नै धान काटेर धान बालि उठाउन (भित्र्याउन) मा व्यस्त रहेका छन्।

अर्घा बेल्टारी ,आपखोला ,राना टोला ,अमराई ,मेजर टोला धरमपानी ,गाँजरी किमडाडाँ लागयतका किसानहरुलाइ आफ्नो लटारम्म फलेको धान काट्न र उठाउनमा भ्याई नभ्याई रहेको छ।

कोभिड - १९ ले सुनसान बनाएको यस बर्षको बडा दशैँ त्यसै माथि बेल्टारी घोचेखोलाका बगर खेत र टारी खेतमा दशैँ अघि नै धान पाके संगै कृषकहरुलाई धान काट्नको चटारो र धानबाली भित्र्याउनमा बिहान देखि साँझ सम्म फाटमै व्यस्त देखिन्छन। असोज कार्तिक महिनामा आउने पर्वहरुमा धानबाली भित्र्याउने समय भएकोले हामि बेल्टारीका किसानहरुलाई मेला पर्व आए जस्तो नी लाग्दैन भन्नुहुन्छ कृषक मुक्त बहादुर थापा।

थापाले बुलेटिनसंगको कुराकानीमा यसो भन्नुहुन्छ ,हामि कृषकहरु एक दिनको दशैँ मनाउन घरमा बस्ने गरिन्छ नत्र दशैंको अर्को दिन देखि पुन खेतमा ,धान झात्न देखि लिएर दाहीं लगाउन र परालका भारि बोक्नमा व्यस्त हुने गर्छौँ। धान परालको काम सकिए पछि हामि कृषि गरेर दैनिकी जीवन बिताउने किसानलाइ गँहु बाली छर्न र खेतखनजोत गर्नमा व्यस्त रहने गर्छौं तेसैले यस समयमा आउने पर्वहरुमा भरपुर मनोरन्जन लिन चाहिँ हामि किसानहरुलाइ समयको अभाव रहने गर्दछ भन्ने कुरा उँहाले बताऊनुहुन्छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया