Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अभिनव चौहान र गोविन्द पराजुलीको सहकार्यमा दशैंं गीत सार्वजनिक (भिडियो सहित )

   
230   पटक पढिएको

माधव पौडेल ।
कार्तिक ७ अर्घाखाँचीबुलेटिन - दशैंं नजिकै गर्दा यतिबेला दशैंंको माहोल तातिरहेको छ।दशैंको टीका लगाउन अब ३ दिन मात्रै बाकी छ।दशैंको शुभकामना व्यक्त गर्नको लागि लोक तथा दोहोरी गायक गोविन्द पराजुलीको आधिकारिक युट्युब च्यानलबाट दशैंको शुभकामना गीत आज सार्वजनिक भएको छ।यस गीतमा विशेषगरी नेपालीहरुको महान पर्व दशैंंको शुभकामना व्यक्त गरिएको छ।

जसम अभिनव चौहानको शब्द शान्तिश्री परियार र गोविन्द पराजुलीको सुमधुर आवाज साथै राजु सुनामको एरेन्ज तथा संगीत रहेको छ।अभिनव चौहानका दशैंका गीतहरु यस अघि पनि सार्वजनिक भएका छन् ।

1DB स्टुडियोमा रेकर्ड भएको यस गीत आज गोविन्द पराजुलीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत हो।

हेर्नुहोस भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया