Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेकपा भूमिकास्थान नगरपालिका वार्ड नँ ३ को भेला सम्पन्न

   
216   पटक पढिएको

केशब बन्जाडे ,भुमिकास्थान।
कार्तिक ७ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नँ ३ मा नेकपा को बैठक सम्पन्न भएको थियो उक्त भेला बासुदेव भाटको अध्यक्षतामा र केशब सारू को सन्चालनमा सम्पन्न भएको थियो ।

भेलामा प्रमुख अथितिमा नेकपा जिल्ला कमिटी सदस्य तथा भू न पा नगर कमिटी सह ईन्चार्ज ठाकुर सौराग (आदर्श ) जिल्ला कमिटी कै सदस्य तथा भू न पा नगर कमिटी सचिव वार्ड नँ ३ ईन्चार्ज मणि पौडेल, जिल्ला कमिटी सदस्य भू न पा वार्ड नँ ४ का ईन्चार्ज सुभाष चन्द्र बन्जाडे जिल्ला कमिटी सल्लाहकार बालकृष्ण बन्जाडे र नगर कमिटी सदस्य प्रेम बन्जाडे ज्यु हरूले मनतव्य राख्दै पाटी सुदृढीकरण का साथै पाटी संगठन बिस्तार गर्ने कुरामा जोड दिनुभयो।

यसका साथै साविकका ६,७,८,९ का वार्डका टोल अध्यक्षहरूले पाटीको आन्तरिक कुरामा रिपोर्टिङ समेत प्रस्तुत गर्नुभएको थियो साथै आउदै गरेको बिजया दशमी तथा शुभ दिपावली र छठ पर्वमा कोभिड १९ लाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गर्दै शुभकामना आदान प्रदान समेत गर्नुभएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया