Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कोरोना प्रभावितहरुलाई रत्नपार्कमा दैनिक निःशुल्क खानाको व्यवस्था

   
154   पटक पढिएको

निरु आचार्य (नवरश्मी ) । लायन्स क्लब अफ काठमाडौं न्यू ग्रीनसिटी, मानबी क्रिएटिभ एसोसिएसन, सेफ्स एशोसिएसन अफ नेपाल र लायन्स क्लब अफ काठमाडौं टासीको संयुक्त आयोजनामा दैनिक निशुल्क भोजन कार्यक्रम गरिएको हो ।

उक्त निःशुल्क खाना कार्यक्रमको सहयोगिमा ह्याप्पी होस्टेल काठमाडौं, सेतिओपी युवा क्लब रेन्वो भोलेन्टेयर, ल्यान्डमार्क होटल, मनासलु एडभेञ्चर छन् ।खाना व्यवस्थापनका लागि ल्यान्डमार्क होटेलका एक्जुकेटिभ सेफ तथा सेफ्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष शिवहरि घिमिरेको संयोजकत्वमा वरिस्ठ सेफ दधिराम दाहालु, बहादुर थापा मगर र श्यामसुन्दर श्रेष्ठको योगदान छ ।

टिमले रत्नपार्कमा मात्र नभई सिन्धुपाल्चोक र दोलखाको विभिन्न ठाउँमा बाढी पहोरोबाट प्रभावितलाई समेत सहयोग गरेको थियो ।निःशुल्क खानाका साथै रत्नपार्कमा गरिबका लागि लत्ताकपडा वितरण कार्य समेत गरिएको छ ।

लत्ता कपडा वितरणको संयोजकत्व क्लबका मार्केटिङ कम्युनिकेसन अफिसर कमल दाहालले गरेका थिए । धादिङ जिल्लामा पनि बृद्धाहरुको लागि टर्च लाइट, वाकिङ स्टिक र छातालगायत सामग्री वितरण गरिएको छ ।विभिन्न बाल तथा वृद्धाश्रममा राशन तथा हरियो तरकारी समेत सहयोग उपलब्ध गराउँदै आएको सेफ्स एशोसिएसनका उपाध्यक्ष शिबहरि घिमिरेले जानकारी दिए ।

कोरोनाका कारण पर्न गएको असरलाई कम गर्न ७७ वटै जिल्लामा फुडबैंक समेत सञ्चालनमा ल्याउने काम भइरहेको र सोही कार्यक्रम अन्तर्गत रत्नपार्कको खुल्लामञ्चमा निशुल्क खाना खुवाउने कार्यक्रम शुरु भइसकेको कार्यक्रम संयोजक र लायन्स क्लब ग्रिन सिटिका अध्यक्ष इन्द्रबहादुर कार्कीले बताए ।

कोभिडका कारण लकडाउन शुरु भएयता करिब ०७ महिना देखि रत्नपार्कमा दैनिक ३०० देखि ३५० जनाले खाना खाने गरेको अभियानमा सहजीकरण गरिरहनु भएका सामाजिक अभियन्ता सुभाष ज्ञवालीले बताउनु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया