Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

चुत्रावेसिको भक्तिटोलामा लाग्ने दैनिकी सवारी साधनहरुको ट्राफिक जामका कारण पैदल यात्रीलाई सास्ती

   
198   पटक पढिएको

                                                                                         तस्विर - गुरुदेव खनाल

कमला थापा ,सन्धिखर्क।
कार्तिक ८,अर्घाखाँचीबुलेटिन - दशैँ नजिकिदै गर्दा चुत्रावेसीको भक्तिटोला बजार क्षेत्रमा पैदल यात्रुहरुको भन्दा सवारी साधनहरुको धेरै चाप देखिने गर्दछ।

दैनिकी जस्तो भक्तिटोला चोकमा सवारी साधनहरुको उच्च चापका कारण पैदल यात्रुहरुलाई आवतजावत गर्नमा निकै कठिनाइ रहेको स्थानीयहरु बताउछन।

५ सय भन्दा बढी शक्रिय कोरोना संक्रमित हुने जिल्लाको सुचिमा परि सकेको अर्घाखाँचीमा बजार देखि समुदाय स्तरमा कोरोनाको उच्च जोखिम रहेको छ। बजार क्षेत्रका पसलमा जाँदा र बाहिर हिडडुल गर्दा २ मिटरको सामाजिक दुरी कायम भिडभाड नगर्न सल्लाहसुझाब र अनुरोध गर्ने सम्बन्धित निकाय किन यसरी दैनिकी जस्तो भक्तिटोला चोकमा ट्राफिक जाम हुँदा पनि सवारी साधनहरुको कुनै सहजीकरण गर्न नसकेको होला ?कतै जिल्लाको ट्राफिक निकाय कम्जोर भएको त् होइन ?स्थानीयहरुको प्रश्न रहेको छ।

बजार क्षेत्रमा चाडपर्वको बेला यसरि सवारी साधनहरुको ट्राफिक जाम लाग्नु र जामलाइ ट्राफिक निकायले सहजीकरण गर्न नसक्नु पक्कै पनि जिल्लावासीलाइ राम्रो संदेश होइन। कोरोनाको विषम परिस्थितिमा बजार क्षेत्र र मठ मन्दिरमा लाग्ने मानिसहरुको भिडभाड र सवारी साधनहरुको जामलाइ उचित् ढंगले व्यवस्थापन गर्नु सम्बन्धित निकायको दाहित्व रहन्छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया