Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

 सन्धिखर्कका नगर प्रमुख कमल प्रसाद भुसाललाई पत्नी शोक

   
410   पटक पढिएको

प्रेमनारायण आचार्य,सन्धिखर्क। 
८ कात्तिक,अर्घाखाँचीबुलेटिन - नेपाली कांग्रेसका पुर्ब सभापति तथा सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाललाई पत्नी शोक परेको छ ।

मेयर भुसालकी धर्मपत्नी मिना भुसालको आज शनिवार दिउसो ४५ बर्षको उमेरमा निधन भएको हो । सन्धिखर्क १ मा रहेको रबिचित्र माध्यमीक विद्यालयकी शिक्षीका समेत रहनु भएकी उहाँ डेढ बर्ष देखि अलजाइमर लगायतका रोगका कारण उँहा बिरामी हुनुहन्थ्यो ।

उहाँका एक छोरा र एक छोरी रहेका छन् । उहाँको आजै गच्छे घाटमा अन्तिम दाहसंस्कार गरिएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान) ले पाटीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

राष्ट्रिय सभाका सदस्य चन्द्र बहादुर खड्का , नेकपाका जिल्ला सचिव तथा सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुर कुमार बिक, नेपाली कांग्रेसका जिल्ला उप सभापति शान्ता भण्डारी, महा समिति सदस्य केसब श्रेष्ठ, यादब प्रसाद घिमिरे, पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतम, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी, प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, बिनोद खनाल, प्रहरी नायब उपरिक्षक माधब बुढाथोकी, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न राजनितिक दलका नेता, तथा कार्यक्रता, उद्योगी ब्यबसायी, कर्मचारी, सञ्चारकर्मी लगायत झण्डै ५ सय जनाले गच्छे घाटमा गएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया