Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सन्धिखर्क ८ को शिवानेटा खोलामा १५ लाखको कज वे निर्माण गर्दा ब्रम्हालुट (भ्रष्ट्र्चार )भएको स्थानीयको आरोप (भिडियो सहित )

   
294   पटक पढिएको

कमला थापा ,सन्धिखर्क।
कार्तिक ८ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको सन्धिखर्क घोचकोट ,हिले राइखन्ने सडक खण्ड अन्तर्गत पर्ने सन्धिखर्क ८ शिवानेटा खोलामा १५ लाखमा निर्माण गरिएको कज वे निर्माण गर्दा ब्रम्हालुट (भ्रष्ट्र्चार )भएको अनुमान स्थानीयले लगाएका छन्।

बर्षायामको समयमा खोला नाला बढ्ने र खोलाको कारण उक्त क्षेत्रमा पैदल यात्री र सवारी साधन हरुलाई आवतजावत गर्न कठिनाइ हुने भएकोले पैदल यात्री र सवारी साधनहरुलाई कुनै सास्ती नहोस् भन्ने हेतुले सन्धिखर्क नगरपालिकाले १५ लाख रूपैयाँ खर्च गरेर कच वे निर्माण गरेको थियो।

तर जुन कज वे निर्माण गरिएको ठाउँ बाट वर्षायामको समयमा नत मानिसनै हिड्न सक्छन न त् मोटरसाइकल नै। कज वे निर्माण गर्दा दिर्घकालिन समयमा आइपर्ने कुनै समस्यालाई मध्यनजर न राख्दै निर्माण गर्दा उक्त कज वेमा गेग्रेटो माटोले भरिएको छ भने ,कज वे मा लगाइएका पाइपहरु माटोले पुरिनुका कारण बर्षा हुँदा आउने बाढी कज वेमा लगाइएका पाइप बाट न गइ कच वे माथि बाट जाने गर्दछ जसका कारण उक्त क्षेत्रमा निर्माण गरिएको कच वेको कुनै औचित्य नरहेको र पैदल यात्रीलाईपनी आवतजावत गर्न कठिनाइ रहेको स्थानीयहरुको गुनासो र चर्को आलोचना रहेको छ।

बर्षा यामको बेला बाढीले आवतजावतमा अवरुद्व पार्ने र हिउँदको बेला कज वे माथि बाट पानि बगी रहने हुँदा खोलामा लाग्ने ले'उका कारण पैदल यात्री र मोटर साइकल हरु चिप्लिने गर्ने गरेको उक्त क्षेत्रमा आवतजावत गर्ने स्थानीयहरुले बुलेटिनलाइ जानकारी दिएका छन् भने कज वे निर्माण गर्दा ब्रम्हालुट (भ्रष्ट्र्चारी )भएको स्थानीयहरुको आरोप रहेको छ।

उक्त कजवेलाइ समयमै सम्बन्धित सरोकारवाला निकायले व्यवस्थित गर्न नसके उक्त क्षेत्रमा ठुलै दुर्घटना हुन् सक्ने स्थानीयहरूको जनगुनासो रहेको छ।

कजवे निर्माण सन्धिखर्क नगरपालिका वडा नम्बर - ८ का भोजराज भुसालले गर्नुभएको खबर प्राप्त भएको छ। थप विवरण अर्घाखाँची बुलेटिनले फलोअप गर्दै छ तसर्थ अर्को समाचारमा सम्पूर्ण विवरण प्रस्तुत गरिने जानकारी गराउँदछौ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया