Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

बिष्णु भट्टराईको निर्देशनमा नबिन पौडेलको भ्रष्टाचार बिरोधि गीत "लेउ खुकुरी लेउ " सार्वजनिक (भिडियो सहित )

   
235   पटक पढिएको

बुटवल। देशमा अहिले मौलाउदै गइरहेको भ्रष्टाचार,,बेथिती र बलात्कारका घटनाहरुका बिरुद्धमा गायक नविन पौडेलको “लेउ खुकुरी लेउ” बोलको गीत सार्वजनिक भएको छ ।

समसमहिक र यथार्थपरक गीत गाउन अब्बल मानिने पौडेलले यस पटक पनी समयको माग अनुसारको कोशेली बजारमा ल्याएका छन् ।
गीतमा “जनजिबिका र शान्ति सुरक्षाको सवालमा देखिएको सरकारको उदाशिनतालाई उजागर गरिएको छ । देशको बागडोर समाल्न राष्टबादी, देशभक्त प्रेमी र सक्षम युवा नेतृत्वको आवश्यकता रहेको बताइएको छ ।

देशमा शुसासन, बिधिको शासन, शान्ति सु व्यवस्थाको अनिकाल परेकाले हुनाले देशको चलाउने सच्चा नेता र धर्तिपुत्रको खाँचो रहेको गायक पौडेल बताउँछन् ।

गीतमा शब्द संगीत र स्वर गायक नविन पौडेलको नै रहेको छ भने निर्देशन विष्णु भट्टराईको रहेको छ, भिडियोमा नबिन पौडेल , बिष्णु भट्टराई, परि शर्मा , कारण तुलाचन, सगुन शर्मा लगाएतको अभिनय देख्न सकिन्छा भने दृश्य निर्माण अविरल फिल्म्स ले गरेको छ मौलक लय र शब्दले सुसज्जित गीत सबैले हेरेर सुनेर साथ दिन गायक पौडेलले अनुरोध गरेका छन् ।

हेर्नुहोस भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया