Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पशुको बलि सम्बन्धी: सुरेशकुमार पान्डे

   
167   पटक पढिएको

हाम्रो समाजमा धेरै जसो मेला पर्व लाई पसुको बलि दिएर मनाउँने परमपराछ।यसको बारेमा समय समयमा छल-फल पनि नभयका होईनन।बरु हामी बाट बिक्रिती पाप लाई ब्यबस्थित गर्ने काम हुन्छन त्यस्लाई हटाउँने रोक्ने गरिदैन।किन भनी हामिले पशुको बलि चडाउँनु बिचारमा गलत ठानेपनि ब्यबहारमा हाम्रो समाजनै सिकारी भयको देखिन्छ।कयौँ धर्मकै नाउमा बली चढाउँनुपर्ने बिचार पनि पस्किन्छन।

हामिले मासु गर्भै देखुन खाँदै आयौँ,देवताको नाउँमा बलि चडाउँदै आफै खाँदै देवतालाई ठगँदै आयौँ।देवालीमा जोले धेरै पसुको बलि चढायो त्यो बढी धार्मिक कहेलायो।यस्तो गलत सामाजिक परमपरा हाम्रो समाजको निव बनेकोछ।छोरा जन्मियो उस्को पुत्तबढाई भनेर पाठो कवुल्छौँ,कोई बिमार भयो निको हौश भनेर कबुल्छौँ।यस्तो अन्ध बिस्वले पसुको बलिमा समाजलाई डोराउँदै अहिलेको एक्काईसौँ शताब्दी वैज्ञानिक युग सम्म ल्यायो।

हामिसबै लाई लाग्छ पसु निर्दोश हुँन्छन तर पनि हामीले उन्लाई न्रिममतापूर्वक हत्या गरेर खान्छौ।हामिलाई दया आउँदैन तर कुरा भने सात तालका धार्मिक कथा हाल्छौ,सप्ता लगाउँछौँ,पुजा गर्छौँ लाख बत्ति बाल्छौँ।हाम्रो मूलुक एक प्रकारले धार्मिक जगमा उभियकोछ तर त्यो हिँशक धार्मिक बनेकोछ।हुँनता हिँजो मान्छेकै पनि बलिचडाउँथे देउमाई जातिले पहिलो छोरीलाई देवीको नाउमा छाड्दिन्थे,लोग्ने मरेपछि चितामा हामफालेर सति जान्थे।त्यो भन्दा आजको समाज धेरै प्रगतिसिल छ।

हामी जुन सुकै जातिका र धर्म का भयपनि मङस नखाने धेरै जसो छैनौँ भयपनि अपवादनै होला।कति पय ब्याक्तिहरुले मासु नखाने वा पछि छोड्ने गरेका हुन्छन।कतिपय धार्मिक बौद्धीकहरुले पनि पसु हत्या गलत ठान्दछन।तर यथार्तमा भन्नु पर्दा आफैले जस्तो की
मैले मासु नखाने भयपछि आर्कालाई त्यसबारेमा सम्झाउँन सक्छु।म आफैले मंङश खाने भयपछि त्यसबारे सम्झाउँन धेरै कठिन हुन्छ।यदि मैले सम्झाए पनि त्यो ब्याबहारीक हुँन सक्दैन।आजको अबस्था त्यस्तै त्यस्तैछ।

हामी नेपालीहरु एक प्रकारले सिकारी प्रबृतिका ब्याक्ति हौँ हाम्रा पूर्वजहरुले हामिलाई सिकार खेल्न सिकाए हामिले आफ्ना बाल बालिका हरुलाई त्यहि सिकाउँछौँ।आफुले मासु खाँदा सँगै बसालेर बर्ष दिन नपुगेको बच्चाहरुलाई आफै ख्वाउँछौँ जब कि त्यो बच्चालाई आफुले के खाँदैछ भन्ने बारे जान्न बुझ्न सक्ने क्षामता हुँदैन।त्यो भन्दा पनि बढी पाप केलाई भन्ने?त्यो बच्चा जस्लाई हामिले पसुको मासु ख्वाएका हुँन्छौँ त्यो कति गलत छ तर पनि हामिले ख्वायौँ।त्यसलाई( बच्चालाई) उस्को आफ्नो रोजाई के थियो त्यो हामिले हनन् गरिदियौ।उस्लाई चुन्ने अधिकार नै दिएनौँ अनि हामिले कुल कुलानिको नाउँमा पनि बलि चडाउँने चलन जल्ति छ त्यसले हाम्रो निव सिकारी हो भन्ने पुष्टी गर्दछ।

मेरो आफ्नो बिचारमा पसुको मासु खानु भन्दापनि पसुको देबी देवता,कुल कुलानीको नाउँमा बलि चढाउँनु सबै भन्दा ठुलो धर्मको नाउमा गरिने पाप देख्छु।जस्ले स्वायम देबी देवता,कुल कुलानी समेतलाई ठगेर झुठ बोलेर आफ्नो स्वार्थ पुरा गरेका हुँन्छन।हाम्रो समाजले पसुको बलि रोक्नुको सट्टा पसुहरुलाई पनि जातिय आधारमा कित्ता कटारे बाहुँनले के खाने,मगरले के खाने,सार्किले ले के खाने जस्ता कु-तर्क दिएर कु सँस्कारलाई ब्यबस्थित गर्ने प्रयातन गरेको ईतिहाश भेट्टिन्छ।

माँओवादीको द्वौन्दकालमा कयौँले गोरु काटेर खाए,अनि कतिपयले गोरु नखाने कम्युनिष्ट हुँन सक्दैनन् समेत भने।तर त्यो भन्न सकेनन् कि कुनै पनि पसुको हत्या गर्नु गलतहो।

अहिले तिनिहरुकै कति पयबाट गाई पुज्ने अनि पसुबलि गलतहो भन्ने पनि बोल्छन।बोल्नता के भयो बिना हाडको जिभ्रो जता लगेपनि जान्छ जेभने पनि भन्निन्छ तर सवाल ता ब्यबहारको हो।ब्यबहारमा उतार्न कठिन हुँन्छ।

हिँजो हामिलाई कयौँले दसैको टिका थाप्नु गलतहो कुनै पनि क्रान्तिकारीले दसैमा टिका नथाप्ने भन्थे।बुजुर्वा डिग्रिलाई हाम्रो यो कुनै कामको छैन भनेर च्यातन लगाए।पछि उनैले हजारौँ रुपिया खर्चेर त्यहि बुजुर्वा डिग्रि किने र मन्त्रि पनि बने।साँचै भन्ने हो भने दसैको टिका हामिले पनि भर्खरै केहि बर्ष बाट लगाउँन थाल्यौ।किन भने हामिलाई क्रान्तिकारी बन्नु थियो सो त्यही अनुसाशनमा अगाडी बढ्यौँ।

वास्तबमा भन्नु पर्दा हामिले पसुको बलि देबी देवताको नाउँमा कुल कुलानीको नाउँमा चढाउँनु लाई मैले ठिक भन्न सक्दैन सके सम्म मासु पनि नखाने हो बिस्तारै हामिले छाड्न नसके पनि आउँने पडिलाई यो पसुको बलि चढाउँने परमपराको अन्त्य गर्न आवहान गर्नु पर्छ।अहिले यो अष्टमि मा धेरै पसुको बलि चढ्नेछ करौडौँ रुपिया स्वाहा हुँनेछ निर्दोश जनवरको हत्या गर्नु लाई सहि भन्न सकिदैन।सके सम्म आउँने पडिले यो परमपरा छाड्न प्रयात्न गर्नु पर्दछ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया