Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका युवा नेता कविराम खनाललाई कोरोना संक्रमण

   
149   पटक पढिएको

अर्घाखाँची । राष्टिय जनमोर्चाका युवा नेता तथा अर्घाखाँची जिल्लाका निर्माण व्यवसायी कविराम खनालमा कोरोना पुष्टी भएको छ ।

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. २ घर भई सन्धिखर्कमा व्यवसाय गर्दै आउनुभएका खनालमा यही कार्तिक ८ गते कोरोना पुष्टी भएको हो ।

लक्षण मिल्नेगरी सामान्य स्वास्थ्य समस्या देखिएपछि नेशनल प्याथ ल्याव बुटवलमा गरिएको कोरोना परिक्षणमा पोजेटिभ नतिजा आएको खनालले सामाजिक सन्जाल फेसवुक मार्फत जानकारी दिनुभएको छ ।

गत स्थानीय निर्वाचनमा जिल्लाको भूमिकास्थान नगरपालिकाको नगर प्रमुखमा उपविजेता बनेका खनाल जिल्लाका चर्चित निर्माण व्यवसायी समेत रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया