Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भारतीय सेना प्रमुख नरवणेको नेपाल आउने मिति तय

   
165   पटक पढिएको

काठमाडौं। भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणका लागि मिति तय भएको छ। तीन दिने नेपाल भ्रमणका लागि उनी कात्तिक १९ गते काठमाडौं आउने तय भएको हो।

भारतको सरकारी समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार नरवणेको नेपाल भ्रमणको मिति तय भएको छ। नेपाली सेनाले नरवणेको भ्रमण तालिकाबारे आजै विज्ञप्तिमार्फत जानकारी दिने बताएको छ। उनको भ्रमण २०७६ माघ २० गतेका लागि नै तय भएको थियो। तर, जारी बन्दाबन्दीका कारण उनको भ्रमण रोकिएको सेनाको भनाइ छ।

नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि पहिलो पटक भारतीय पक्षबाट यो स्तरको भ्रमण हुन लागेको हो। भारतीय सेना प्रमुखको भ्रमणको क्रममा सीमा विवादको विषयमा पनि अनौपचारिक तरिकाले कुराकानी हुने अपेक्षा गरिएको छ। यसअघि भारतका खुफिया एजेन्सी प्रमुख गोयल नेपाल भ्रमणमा आएका थिए।

नरवणे कालापानी-लिपुलेक सीमाबारे बोलेका कारण आलोचित छन्। उनले चीनको उक्साहटमा नेपालले सो सीमा विवाद निकालेको दाबी गरेका थिए। भ्रमणका क्रममा उनलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ।

उक्त दर्जा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने सेनाले जनाएको छ। नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया