Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ३९ लाख : यस्तो छ सार्क राष्ट्रको तथ्यांक

   
146   पटक पढिएको

काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ३९ लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ३९ लाख ३ हजार ४८ जना संक्रमित भएको तथ्यांक रहेको छ।

अमेरिकामा संक्रमितको संख्या ८७ लाख ७४ हजार ९३ पुगेको छ। त्यस्तै भारतमा ७९ लाख ४६ हजार ४ सय २९, ब्राजिलमा ५४ लाख ३९ हजार ६ सय ४१ र रुसमा १५ लाख ३७ हजार १ सय ४२ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ लाख ६६ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार ११ लाख ६६ हजार १ सय २७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा २ लाख २६ हजार ६ सय १३, ब्राजिलमा १ लाख ५७ हजार ९ सय ४६, मेक्सीकोमा ८९ हजार १ सय ७१, बेलायतमा ४५ हजार ४ सय ५५, इटालीमा ३७ हजार ७ सय जनाको मृत्यु भएको छ

विश्वभर दुई करोड ९७ लाख २७ हजार ५७ जना संक्रमणमुक्त भएका छन्।

बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४९ लाख १४ हजार ७ सय ३३, अमेरिकामा ३४ लाख ८७ हजार ६ सय ६६, रुसमा ११ लाख ५२ हजार ८ सय ४८ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि एक लाख ६० हजार ४ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख १८ हजार ८ सय ४३ जना संक्रमणमुक्त भएका छन् भने ८ सय ७६ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ७९ लाख ४६ हजार ४ सय २९ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख १९ हजार ५ सय २ पुगेको छ। भारतमा हालसम्म ७२ लाख १ हजार ७० जना संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ३ लाख २९ हजार ३ सय ७५ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ७ सय ५९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ११ हजार ८ सय १४ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख १ हजार ५ सय ८६ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ८ सय ३८ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख १८ हजार १ सय २३ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ४० हजार ३२ पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय २३ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार २ सय १७ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या ११ हजार ५ सय ६७ जना रहेको छ। मृत्यु हुनेको संख्या ३७ छ भने उपचारपछि निको हुनेको संख्या १० हजार ६ सय ५२ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ८ हजार ८ सय ७० जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १९ छ भने निको हुनेको संख्या ४ हजार ४३ रहेको छ।

भुटानमा संक्रमितको संख्या ३४२ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३१२ छ।स्रोत - स्वास्थ्य पत्रीका

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया