Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

हाम्रो संचार डट्कमका पुर्व प्रधानसम्पादकको कोरोनाबाट निधन

   
237   पटक पढिएको

काठमाण्डौ। हाम्रो संचार डट्कमका पुर्व प्रधानसंम्पादक गोपाल सिवाको कोरोना संक्रमणका कारण गत सोमबार बेलुका ११ बजे निधन भएको छ ।

उहाँको पारिवारिक स्रोतका अनुसार उहाँको कार्तिक १० गते टिकाको दिन बेलुका ११ बजे निधन भएको हो । केही दिन पहिला उहाँकी धर्मपत्नी र उहाँलाई कोरोना संक्रमण पुष्टि भएको गत अक्टोबर २० का दिन आफ्नै फेसबुक सञ्जाल मार्फत जानाकारी दिनुभएको थियो।

काठमाण्डौको पेप्सीकोला घर भएका मृतक गोपाल शिवा खाडी मुलुक कुवेतमा रहँदा पत्रकार महासंघ लगायत विभिन्न संस्थाहरुमा आवद्ध भई विभिन्न सामाजिक कार्यहरुमा सक्रिय हुनुहुन्थ्यो।

वहाँ जातिय विभेदविरुद्ध कडा स्तम्भ र लेखहरु रचना गरेर समाजमा सचेतनामूलक संदेश फैलाउँने प्रयत्नमा लागिरहनुभएका एक अभियन्ताकैरुपमा चिनिनु हुन्थ्यो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया