Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सन्धिखर्क ८ आपखोला सिमलपाटा थुम्कामा रहेको भगवती मन्दिरमा हुने सारायँ नाचँ स्थगित :पुजा पाठ गरी आलम देवी मन्दिरमा भित्र्याईयो

   
227   पटक पढिएको

कमला थापा,सन्धिखर्क।
कार्तिक १३ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - ८ को आपखोला सिमलपाटा थुम्कामा रहेको भगवती मन्दिरमा यस बर्ष खेलिने सारायँ नाचँ स्थगित गरिएको छ।

अर्घाखाँची पनि कोरोनाको उच्च जोखिममा रहेको भन्दै समुदाय स्तरमा कोरोना नफैलियोस भन्ने हेतुले गत बर्षमा जस्तै भव्य रुपमा खेलिने सारायँ नाचँलाइ स्थगित गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

सारायँ नाचँ स्थगित गरिएता पनि सामाजिक दुरी कायम गरि आलम देवीहरुलाई पुजा पाठ गरि मन्दिरमा भित्र्याएर दशैंको फुल पाती सेलाइएको कमल प्रसाद भुसालले अर्घाखाँचीबुलेटिनलाइ जानकारी दिनुभएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया