Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मालारानी ४ र सन्धिखर्क नगरपालिका ११ मा अवस्थित रहेको जालकाँडा रख गार्डेनको सरसफाइ कार्यक्रम सम्पन्न (भिडियो सहित )

   
258   पटक पढिएको

रबि पोख्रेल,मालारानी। अर्घाखाँची जिल्लाको मालारानी मलाराइ गाउँपालिका वडा नम्बर ४ र सन्धिखर्क नगरपालिका वडा नम्बर ११ मा अवस्थित रहेको जालकाँडा पर्यटकीय स्थलको सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण जालकाडाँको रख गार्डेनमा घुम्न आउने आन्तरिक पर्यटकहरुले जहाँ पायो त्यही जथाभावी फ़ोहोर गर्ने सुर्ती जन्य पदार्थका प्लाष्टिकका खोल हरु ,चाउचाउका खोलहरु जथाभावी फाल्ने मदिराका बोतलहरु फुटाउने जस्तो कार्य भइ रुख गार्डेन फोहोरले भरिएको हुँदा मालारनी का स्थानीय युवाहरुले उक्त रख गार्डेनलाइ सरसफाइ गर्ने अभियान चलाएका छन्।

सरसफाइ कार्यक्रम सकिएपछि स्थानीय युवाहरुको भनाइ यस्तो रहेको छ :

रख गार्डन भन्दै जालकाँडा घुम्न आउने ‌पर्यटक हरुको को लागि सुचना हजुरको आगमन ले हामिलाई जति आनन्द दिन्छ तर तिनै हजुर हरुले फैलाईएको फोहोर ले दु:खित तुल्याएको। जालकाँडा घुम्न आउने महानुभावहरुलाई हामीहरु अनुरोध गर्न चाहान्छौं कि हजुरहरु घुम्न आउँदा हजुर ले प्रयोग गरेको पलास्टिक बोतल लगायत अन्य फोहोर हाम्रो भाइ हरुले सङ्कलन गरेको फोहोर नष्ट गर्ने ठाउँमा फालिदिन अनुरोध गर्दछौं।

साथै सिसा को बोतल हरु जथाभावी नफुटालिदिनुहुन पनि अनुरोध गर्दाछौँ। साथै आजको कार्यक्रम मा सहभागी हुनुहुने सम्पूर्ण युवाहरुलाइ हामीहरुको यस सरसफाइ अभियान टिम मनैदेखि धन्यवाद दिन चाहान्छौँ। यस सरसफाई कार्यक्रम ले निरन्तरता पाइराखने स्थानीययुवाहरुले बताएका छन्।

हेर्नुहोस भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया