Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मोबाइलको डिस्प्ले निशुल्करुपमा फेरिदिने योजना

   
1613   पटक पढिएको

काठमाडौं, जेठ १७ [ अर्घाखाँची बुलेटिन ] - ईजी मोबाइल केयर प्रालिले मोबाइलको डिस्प्ले/स्क्रीन फुटेको डिस्प्ले निशुल्करुपमा फेरिदिने योजना सार्वजनिक गरेको छ ।

 ईजी सर्भिसले एसुरेन्स सेवा अन्तरगत नेपालमा नै पहिलो पटक स्मार्टफोनहरुको डिस्प्ले÷स्क्रीन फुटे बापत फुटेको डिस्प्ले निशुल्करुपमा फेरिदिने योजना सार्वजनिक गरेको हो ।

मोबाइल प्रयोगकर्ताहरुको मागलाई ध्यानमा राखेर ईजी सर्भिस अन्तरगत मोबाइलको स्क्रीनको एस्यूरेन्स सेवा सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

ईजी मोबाइल केयर प्रा.लि.का अध्यक्ष संजित पौडेलले ग्राहकहरुले महंगो स्मार्टफोन खरिद गरे पनि त्यसको डिस्प्ले दूर्घटना बस फुट्ने समस्याहरु निकै भोगिरहेको हुँदा त्यसलाई समाधान गर्न नेपालमा नै पहिलो पटक यो योजना ल्याएको बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया