Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सिक्का बाबा दार्जुला बाट अर्घाखाँची जिल्लामा आइपुगे

   
1641   पटक पढिएको

सन्धिखर्क, साउन २ [ अर्घाखाँची बुलेटिन ]-७५ औँ जिल्ला भम्रणका क्रममा दार्जुला बाट अर्घाखाँची जिल्लामा आइपुगेका छन। नाम रामबहादुर परियार हो यिन लाइ अहिले सिक्का बाबा भनेर चिनिन्छन । सिक्का बाबा ज्यानमा लगाएका कपडाभरी विभिन्न देशका सिक्का टासेर हिडिरहेका छन् ।

कास्कीको हेम्बा उपमहानगरपालिकामा जन्मेका उनी ६ वर्षदेखि नेपाल यात्रामा छन् । ६ वर्ष पहिले विश्वको सिक्का नेपालबाट नै संकलन गरेर गिनिज बुकमा नाम लेखाउने लक्ष्य सहित हिडेँरहेको बताए । उनि अहिले सुर्खेतमा बस्ने गर्छन उनले अहिलेसम्म २ सय ६ देशको सिक्का नेपाल मै बसेर संकलन गरिसकेका छन्। पहिला समाजमा गरिव भएको कारण नचिन्ने अहिले विदेशी र नेपालीहरुले खोजी खोजी फोटो खिच्ने आफुले ल्याएको सिक्का दिने गरेको परियारले बताए ।

सुरुमा टोपीमा सिक्का टाँसेर अभियान सुरु गरेका सिक्का बाबाले अहिले टाई, पाईन्ट, सर्ट, स्टकोट लगायत सबै कपडामा सिक्का टाँसेका छन् । उनले ज्यानमा लगाएका कपडामा मात्र करिब ११ केजी बराबरका सिक्का थिए । विश्व शान्ति, संविधान र देशका दुर्गम क्षेत्रमा यातायात लगायत विकासको दवाबमुलक सन्देशका साथ उनी भम्रणमा निस्को बताए । उनीसँग मयूरको चित्र भएको नेपालको सबैभन्दा पुरानो सिक्का पनि छ । उनीसँग भएको नेपालको सिक्कामा विसं १९२४ देखिका छन् ।

उनि भन्छन " तिन पटक नेपाल घुमे सुरुमा म नेपाल प्रहरीको लागि जुत्ता सिलाउने काम गर्थे । सुरुमा नेपाल प्रहरीको लागि जुत्ता सिलाउने काम गर्ने भएकोले म जिल्ला भ्रमणको क्रममा सुरुमा प्रहरीकै शरणमा पुग्ने गर्छु। मालाई सपोर्ट गर्ने पाल्ने तेज ब. शाही (सुर्खेत) लाइ सम्झन चाहान्छु । यो सरकारमा भस्टचार अन्त्य गरेर नयाँ नेपाल बनाउने क्षमता राख्छ । केहि जानकारी लिन् चाएमा म. ९८१६१८०४३६ "  

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया